ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दिदीबहिनी नहुनेहरूकी ‘अञ्जली दिदी’ले लगाइन् सामूहिक भाइटीका [तस्वीरहरू]

२०८० कात्तिक, २९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । काठमाडौंको हनुमानढोका नजिकै रहेको काष्ठमण्डप मन्दिरमा भाइटीकाका अवसरमा आज ताहाचलकी ‘अञ्जली दिदी’का रूपमा परिचित अञ्जली मास्केले सामूहिक भाइटीका लगाइदिइन् । उनले दिदीबहिनी नहुनेहरूलाई सामूहिक भाइटीका लगाएकी हुन् । उनले यो वर्ष मात्रै सामूहिक भाइटीका लगाएकी भने होइनन्, २०५५ सालदेखि निरन्तररूपमा लगाइरहेकी छन् । 

यो वर्ष उनले करीब २ सय जनालाई भाइटीका लगाइन्, तीमध्ये केही विदेशी पनि थिए । पछिल्लो समय उनीसँग भाइटीका लगाउन विदेशी पनि आउन थालेका छन् । 

२०७२ सालको भूकम्पले काष्ठमण्डप भत्किएपछि उनले काष्ठमण्डप बाहिरको डबलीमा पाल हालेर भाइटीका लगाएकी थिइन् । काष्ठमण्डपको पुनः निर्माण सम्पन्न भएपछि यस वर्ष उनले फेरि काष्ठमण्डप मन्दिरभित्र नै सामूहिक भाइटीका लगाइदिइन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)