ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक सफा गर्न बियर पारिश्रमिक !

May 20, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


अहिलेको समयमा पारिश्रमिक मूलतः नगदमा दिने गरिन्छ । तर, जर्मनीको एक शहरमा भने सडक सफा गर्नेहरूलाई नगद नभई बियर दिने विवादास्पद योजना अघि सारिएको छ । यसअन्तर्गत बेरोजगार जँड्याहा तथा लागूपदार्थ दुव्र्यसनीलाई सडक सफाइमा सामेल भएबापत बियर दिइनेछ । पश्चिम जर्मन एस्सेन शहरको स्थानीय सरकारले बनाएको उक्त योजनालाई ‘पिक–अप’ कार्यक्रम नाम दिइएको छ र एक स्थानीय च्यारिटीले अगाडि बढाउने बताइएको छ ।

‘एडिक्ट सपोर्ट एस्सेन च्यारिटीको पहलमा जुनदेखि शुरू हुने यो कार्यक्रममा सामेल जँड्याहा तथा लागूपदार्थ दुव्र्यसनीले दिनको ३ देखि ६ घण्टा काम गरेर सडकमा छरिएका फोहर उठाएपछि बियरका साथै खाद्यान्न एवम् चिकित्सा सेवा र केही गोजी खर्च पाउनेछन्,’ स्थानीय पत्रिका द लोकलले एक समाचारमा उल्लेख गरेको छ । तर, त्यस्ता व्यक्तिहरूलाई जनशक्तिका रूपमा अगाडि ल्याउन प्रेरित गर्ने कार्यक्रम करदाताले तिरेको रकमको दुरुपयोग भन्दै विरोध पनि भइरहेको छ ।

यो योजनाका विरोधीहरूले यसलाई गैरजिम्मेवार र शोषणमूलक भन्दै आलोचना गरेका छन् । उता ‘पिक–अप’का आयोजकहरूले बियर देखाएर काममा मानिस लोभ्याउने यो कार्यक्रमको बचाउ गरेका छन् । ‘यो कार्यक्रमको उद्देश्य मानिसहरूलाई बियर आपूर्ति गर्नु कदापि होइन,’ एडिक्ट सपोर्ट एस्सेन च्यारिटीद्वारा यसबारे जारी एक विज्ञप्तिमा भनिएको छ, ‘यसमा सामेल हुनेहरूका लागि यो एउटा उनीहरूको जीवनको अर्थपूर्ण दैनिक संरचना हुनेछ, जसले उनीहरूलाई उपयोगी अनुभूति गराउनुका साथै नयाँ तरीकाले व्यवहार गर्न सिकाउनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)