ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुसमा रत्ननगर महोत्सव, कृषि प्राथमिकतामा

२०८० मंसिर, १३  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

चितवन। चितवनको रत्ननगरमा आयोजना गरिने ‘रत्ननगर महोत्सव–२०८०’ को तयारी शुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले दुई–दुई वर्षमा गर्दै आएको महोत्सवको १२औं संस्करण पुस २६ देखि माघ ८ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

महोत्सवको तयारी स्वरूप स्टल बुकिङका साथै आन्तरिक व्यवस्थापनको काम भइरहेको संघका अध्यक्ष तथा महोत्सव संयोजक शंकर गिरीले जानकारी दिए । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता गरिने आयोजकको भनाइ छ । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक अन्तरक्रिया गरिने संयोजक गिरीले बताए ।

महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार व्यवसाय र अन्य आर्थिक महत्त्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको बताइएको छ ।

पाँच सय स्टल रहने महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकसमेत रहने बताइएको छ । महोत्सवअन्तर्गत फुड फेस्टिवल समेत हुनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)