चितवन। गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्दै आएको ‘नेपाल ल्युब आयल लिमिटेड’ले चितवनका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रत्ननगर–१ बस्दै आएकी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एक वर्षका लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्रीबापत १ लाख १५ हजार ३०० रुपैयाँ सहयोग गरिएको हो । मेकानिकको रूपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । औपचारिक कार्यक्रमका बीच कम्पनीका मार्केटिङ मेनेजर पूर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका सञ्चालक सुवास कँडेल लगायतको उपस्थितिमा उक्त सहयोगको चेक हस्तान्तरण गरिएको हो ।