ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिडी सोप एण्ड केमिकल इण्डष्ट्रिजको तेस्रो साधारणसभा सम्पन्न 

२०८० मंसिर, २१  
बजार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। रिडी ग्रुप प्रालिअन्तर्गत रहेको रिडी सोप एण्ड केमिकल इण्डष्ट्रिज प्रालिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भरतपुर–१५ स्थित फूलबारीमा रहेको कम्पनीले गत साउनदेखि उत्पादन थालेको थियो । हाललाई कपडा धुने साबुनमात्रै उत्पादन गरेको कम्पनीले भविष्यमा झोल, भाँडा धुने, नुहाउने, शौचालय सफा गर्ने, बहुउद्देश्यीय लगायतका साबुनसँगै डिटर्जेन्ट पाउडरको उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ ।

कम्पनीले साबुन उत्पादनका लागि हालसम्म करीब २ करोड रूपैयाँ लगानी गरेको कम्पनीका अध्यक्ष मिलन थापामगरले जानकारी दिए । उनका अनुसार कम्पनीबाट सात जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने दैनिक दुई टन साबुन उत्पादन हुँदै आएको छ । उद्योग सञ्चालनका लागि कच्चा पदार्थमा भएको मूल्य वृद्धि, सरकारी निकायको झन्झटिलो प्रक्रिया, तीव्र प्रतिस्पर्धालगायतका विषयलाई कम्पनीले चुनौतीको रूपमा लिएको उनको भनाइ छ । होटल, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्दै आएको रिडी ग्रुपले चितवनमा साबुन उद्योगसहित ६ ओटा क्षेत्रमा लगानी गरेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)