ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनको सिआन सिटीले भरतपुरलाई दियो १० किलोमिटर टाढाका दृश्य कैद गर्नसक्ने एआई क्यामरा 

२०८० मंसिर, २३  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ । सिआन सिटीका प्रतिनिधिले महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेको हो ।

पर्यटकीय पूर्वाधारको लागि उपयोगी मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्नसक्ने महानगरपालिकाले जनाएको छ ।  एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन बिशेष क्षमता हुन्छ  । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्नेछ ।

चेम्बर अफ कर्मसका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने जनाईएको छ  । बाँकी स्थानमा आवश्यक थप उपकरण ल्याउने छ । भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट नयांँ अनुभव गर्न सक्नेछन  ।

कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर प्रसारप्रसार गर्न सकिनेछ । भरतपुर महानगरपालिका भित्र मात्र  प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थान छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)