ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइयो [तस्वीरहरू]

२०८० मंसिर, २५  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बाला चतुर्दशीको अवसरमा काठमाडौंको विभिन्न तीर्थस्थलमा पितृको सम्झनामा शतबीज छरिएको छ । शतबीज छर्नका लागि काठमाडौंको पशुपतिनाथलगायत मन्दिरमा आइतवार रातिदेखि नै श्रद्धालुको भीड लागेको थियो । अघिल्लो दिन रातभर जाग्राम बसी बाला चतुर्दशीको दिन बिहान पितृको सम्झनामा शतबीज छर्ने गरिन्छ । 

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । 

शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)