ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीरमा हेर्नुस् हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता 

२०८० मंसिर, ३०  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता जारी छ ।  मङ्सिर २८ गतेबाट शुरु भएको मेला पुस २ गतेसम्म सञ्चालन हुनेछ । हस्तकला मेलाको यो २०औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८औं संस्करण हो ।

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ ।

मेलामा हस्तकलाका वस्तुहरूको करीब १२५ वटा स्टलहरू रहेको महासंघले जानकारी दिएको छ । व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरूको सहभागिता छ ।

महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल छन् । यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा रहने उनले बताए ।

मेलाको प्रमुख आर्कषणको रूपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जसअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन हुनेछ । 

प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट ३ जना कलाकारहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)