ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरू, १२ तस्वीरमा हेर्नुहोस् विवाह पञ्चमी

२०८० पुस, १  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जलेश्वर (धनुषा) । विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव शुरू भएको छ । त्रेतायुगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि आजैका दिन भगवान रामचन्द्र र माता सीताको विवाहसँगै सर्वसाधारणले पनि आआफ्ना छोराछोरीको विवाह शुरू गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाह उत्सव मनाउन थालेका छन् ।
 

आजका दिन माता जानकी (सीता)को जन्मभूमि जनकपुरधाममा दर्जनौं वर कन्याले सामूहिक विवाह गर्ने पनि चलन रहेको छ । मिथिलाका विभिन्न गाउँठाउँमा पनि आजका दिन सयौँ जोडीहरुले विवाह गरेका छन् । आजका दिनमा विवाह गरेमा आफ्नो विवाहको सम्झना सधैँ रहिरहने तथा सधैँ भगवान रामचन्द्र र माता सीताको आशीर्वाद प्राप्त भइरहने लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए ।

महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक सातासम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत आज राजा जनकको नगरी जनकपुरधाममा भगवान रामचन्द्र र माता जानकीको धुमधामका साथ शुभ विवाह (विवाहपञ्चमी) मनाइँदैछ ।महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने गरेको विवाह पञ्चमी उत्सवको रौनक यसपाली नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ ।     

त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा भगवान रामचन्द्र र जनकपुरका राजा जनककी छोरी माता सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्यादेखि जनकपुर जन्ती आउने र विवाह उत्सव सम्पन्न गरिने चलन रहँदै आएको छ ।सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधुसन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी, सन्यासी सो विवाह उत्सवमा उपस्थित हुने चलन रहेकामा अहिले लाखौँको सङ्ख्यामा जन्ती जनकपुर आइपुगेका छन् ।

तस्वीरः रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)