ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सपिङ मलमा क्रिसमसको रौनक ! [तस्वीरहरू] 

२०८० पुस, ९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । क्रिसमस डेमा काठमाडौं उपत्यकाका सपिङ मलमा रौनक देखिएको छ । क्रिसमस डेका लागि सामान किन्न आउनेहरूका कारण मलमा रौनक देखिएको हो । 

यही अवसरमा काठमाडौं र ललितपुरका सपिङ मल क्रिसमस ट्रीले सजाइएका छन् । क्रिसमस डेमा सोमवार काठमाडौंको सिभिल मलमा राखिएको क्रिसमस ट्रीको नजिकै केही मानिस तस्वीर खिचाउँदै थिए । ललितपुरको लबिङ मलमा पनि क्रिसमसको रौनक देखिएको थियो । मलमा सान्टाको पहिरन लगाएर तस्वीर खिचाउनेहरू पनि थिए । 

यो बेला एन्जल, सान्टा क्लज, यती, भेडा, स्नो म्यान, पेङ्गुइन अंकित किरिङ, वाल ह्याङगिङ, ट्री ह्याङगिङजस्ता सामग्री उपहार दिन प्रयोग गरिन्छन् । यस्ता सामग्री फेल्ट, मेटल, कागज, कपडा, ग्लासबाट बन्ने गरेका छन् । 

क्रिसमस डेमा सान्टा क्लजले प्रयोग गर्ने टोपी, मोजा विशेष उपहारका रूपमा प्रयोग गरिने व्यापारीहरू बताउँछन् । पछिल्लो समय विद्यालयमा पढ्ने बालबालिकालाई सान्टाको लुगा लगाइदिने ट्रेन्ड छ । 

क्रिसमसकै लागि गत वर्ष नेपालमा करीब ५ करोड रुपैयाँका सामान आयात भएको भन्सार विभागको तथ्यांक छ, जसमा उपहार, सजावटका सामाग्रीदेखि क्रिसमस ट्रिसम्म छन् ।

इशाई धर्मावलम्बीहरूको प्रमुख पर्व क्रिसमस डे आज (डिसेम्बर २५)मा विश्वभर मनाइने गरिन्छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)