ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरजग्गा मेला : हाउजिङ र अपार्टमेन्टका स्टलमा अवलोकनकर्ताको भीड [तस्वीरहरू]

२०८० पुस, १३  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला जारी छ । बिहीबारदेखि शुरु भएको मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट लगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैङ्क र बीमा कम्पनीको समेत सहभागिता रहने आयोजक नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताए । 

मेलामा हाउजिङ (सामूहिक आवास) र अपार्टमेन्ट (संयुक्त आवास), घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण लगायतका स्टल राखिएका छन् ।तीमध्ये हाउजिङ र अपार्टमेन्टका स्टलमा अवलोकनकर्ताको भीड बढी देखिएको छ । 

मेलामा रियल इस्टेट व्यावसायीले ग्राहक आकर्षित गर्न किस्ताबन्दीदेखि नगद छूटसम्मका विभिन्न अफर ल्याएका छन् ।

मेलाको साढे १ लाख मानिसले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको आयोजकको भनाइ छ । मेला पुस १५ गतेसम्म चल्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)