काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको धुमबाराहीस्थित एपोलो डायग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले संस्थाका विभिन्न स्वास्थ्य सेवामा छूट पाउने बताइएको छ । संस्थाबाट बैंकका ग्राहकले हेल्थ प्याकेज तथा रुटिन टेस्टमा २५ प्रतिशत र आउट सोर्स टेस्टमा १० प्रतिशत छूट पाउनेछन् । साथै कोभिड–१९ को पीसीआर टेस्ट १ हजार रुपैयाँ र एन्टिजेन टेस्ट ७५० रुपैयाँ गर्न पाउने सम्झौतामा उल्लेख छ ।