ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हेभी मेटल देशको आर्थिक प्रगतिको सूचक !

Jun 1, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


हेभी मेटल अर्थात् गितार र ड्रमलगायत वाद्ययन्त्रको प्रयोगबाट निस्कने सङ्गीत र चर्को स्वरको गायनको संयोजन । कतिपयलाई ककर्स लाग्ने रक सङ्गीतको यो विधा विश्वमा निकै लोकप्रिय छ । यसको व्यापारिक मूल्य ज्यादै बढी भए पनि यसको सकारात्मक र नकारात्मक पक्षबारे लामो समयदेखि तर्कवितर्क हुँदै आएको छ । हालै गरिएको एक नयाँ अध्ययनले हेभी मेटल ज्यादै सुनिने देशहरू आर्थिक रूपमा बढी समृद्ध भएको आश्चर्यजनक तथ्य पत्ता लगाएको छ । अमेरिकी अनुसन्धानकर्ता रिचार्ड फ्लोरिडाले गरेको उक्त अध्ययनअनुसार कुनै देश जति धनी हुन्छ, त्यहाँ हेभी मेटल सङ्गीतप्रतिको मोह त्यति नै बढी हुने गर्छ । ‘हामीले कुनै देशको हेभी मेटल साङ्गीतिक समूहको सङ्ख्या, उक्त राष्ट्रको समृद्धि र प्रभावबीच सम्बन्ध रहेको पायौं,’  यो विधाप्रति आफ्नो लगाव नभएको बताउने फ्लोरिडाले एक लेखमा उल्लेख गरेका छन् ।  

उनले नेतृत्व गरेको एक अनुसन्धानकर्ता टोलीले १० वर्षको अवधिमा गरिएका सामाजिक र वित्तीय सूचनका साथै यसअघि निकालिएका तथ्याङ्कहरूको विश्लेषण गरेको थियो । ‘राष्ट्रको स्तरमा हेर्दा हेभी मेटल समूहहरूको प्रतिव्यक्ति सङ्ख्याले उक्त देशको प्रतिव्यक्ति आर्थिक उत्पादन, सृजनात्मकता एवम् उद्यमशीलता, वयस्कहरूको शैक्षिक स्तर, मानव विकासका सम्पूर्ण स्तर, भलाइ र जीवनसँगको सन्तुष्टिलगायत पक्षसँग सकारात्मक सम्बन्ध राख्छ,’ उनले भनेका छन् । सामान्यतया कामदार वर्गका सामाजिक रूपमा टाढिएका पुरुषहरूको साङ्गीतिक छनोट भए पनि यो विश्वका सबैभन्दा विकसित, सहनशील र ज्ञानमा आधारित देशमा लोकप्रिय रहेको फ्लोरिडाको जिकीर छ । यो विधा प्रतिव्यक्ति आय र मानव विकास सूचकाङ्कमा अग्रपङ्क्तिमा रहेका यूरोपका स्क्याण्डेनेभियाली देश, बेलायत, उत्तर अमेरिकामा सबैभन्दा बढी सुनिने उनले उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । ‘आश्चर्य लाग्न सक्ला । तर, हेभी मेटल सामाजिक टाढापन र निराशाजस्ता विषाक्त तŒवबाट उठेको नभई औद्योगिक प्रगतिको उर्वर माटोबाट उब्जिएको हो,’ फ्लोरिडाको तर्क छ । हेभी मेटल सङ्गीत लोकप्रिय बनाउन विकसित देशका सञ्चार वातावरणले भूमिका खेलेको हुन सक्ने उनको अनुमान छ । ‘विकसित र धनी समाजहरूका सञ्चार तथा मनोरञ्जन कम्पनीका साथै फुर्सदिलो समय भएका खर्चालु स्वभावका युवा जमातले यसमा भूमिका खेलिरहेका छन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)