ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनमा 'एक परिवार एक कुकुर’ नीति

Jan 1, 2010  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

चीनमा 'एक परिवार एक कुकुर’ नीति
बढ्दो जनसङ्ख्या नियन्त्रण गर्न चीनलगायत विश्वका विभिन्न मुलुकले 'एक सन्तान' नीति अनुसरण गरेको हामी धेरैले सुनेका छौं, तर र्सवाधिक मानव बसोबास गर्ने राष्ट्रका रूपमा रहेको चीनले अब एक सन्तान मात्र होइन एक कुकुरनीति पनि लागू गर्ने भएको छ ।

औद्योगिक नगर साङ्र्घाईका अधिकारीहरूले महानगरमा दिन प्रतिदिन बढिरहेको कुकुरको सङ्ख्यालाई दृष्टिगत गरी त्यसलाई रोक्न एक कुकुरनीति अघि सारेका हुन् । २ करोड जनसङ्ख्या रहेको साङ्र्घाईका सरकारी अधिकारीहरूले अब एक घरले एउटा मात्र कुकुर पाल्न पाउने मस्यौदा नियम प्रस्ताव गरेका छन् ।

सरकार नियन्त्रित समाचारपत्र चाइना डेलीका अनुसार कुकुर मालिकहरूले कुकुर नभएका घरधनीलाई मात्र नवजात छाउराछाउरी प्रदान गर्न सक्नेछन् । प्रस्तावित नियममा सरकारले स्वीकृति दिएका स्याहार केन्द्रबाहेक अन्य स्थानमा कुकुरका बच्चा उपहारस्वरूप दिन पाइने छैन । त्यसैगरी प्रस्तावित नीतिमा कुकुर मालिकले तीन महिनासम्म ती बच्चालाई आमाका साथ राख्नुपर्नेछ ।

कुकर पालनसम्बन्धी विद्यमान शुल्क संरचनामा पनि परिवर्तन गरिने भएको छ । कुकुर पाल्नेले हाल वार्षिक १ देखि २ हजार युआन तिर्दै आएका छन् । नयाँ व्यवस्थाअनुसार कुकुरपालनको अनुमतिका लागि वार्षिक ३ सय युआन तिर्नुपर्नेछ ।

मौजुदा शुल्क संरचनाअनुसार अधिकांशले कुकुरको दर्ता तथा रेविजविरुद्ध खोप नलगाउने भएकाले त्यो घटाउनुपर्ने माग व्यापक भएपछि शुल्क कटौतीको प्रस्ताव गरिएको बताइएको छ । साङ्र्घाईमा ८ लाख कुकुर दर्ता गरेर पालिएका छन् भने कैयौंको अभिलेख अद्यावधिक गर्न बाँकी रहेको चाइना डेलीले लेखेको छ ।

कुकुरले गर्ने फोहोर, आक्रमण र भुकेर सर्वसाधारणलाई पार्ने हैरानीलाई ध्यान दिएर एक कुकुरनीति लागू गर्ने तयारी भएको एकजना सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । एएफपी/रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)