ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'भेनेजुुयला विमानस्थलमा श्वास कर’ !

Jul 14, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


हामीले आय करलगायतका विभिन्न कर तिर्दै आएका छौं । आफ्नो आम्दानीबापत सरकारलाई कर बुझाउनु सामान्य पनि हो । तर, भेनेजुयलाको एक विमानस्थलमा भने सुन्दा पनि अचम्म लाग्ने ‘श्वास कर’ लगाइएको छ । भेनेजुयलाको कारकासस्थित देशकै सबैभन्दा ठूलो अन्तरराष्ट्रिय विमानस्थल ‘मेक्विटिया’मा स्वच्छ हावामा श्वास फेर्न पैसा तिर्नुपर्छ । प्यासेञ्जर कर, प्रस्थान कर, इन्धन लेभीजस्ता विभिन्न करको मार खेपिरहेका हवाईयात्रुहरूमाथि श्वास कर लगाउनु ठीक नभएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको गुनासो छ । सो विमानस्थलबाट यात्रा गर्ने यात्रुले श्वास फेरेबापत करका रूपमा अतिरिक्त २० डलर तिर्नुपर्छ ।

विमानस्थलमा हालै मात्र भवनको एयर कण्डिसनिङ सिष्टम शुद्ध बनाउन ओजन प्रयोग गर्ने यन्त्रको जडान लागत उठाउन श्वास कर लगाइएको बताइएको छ । दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रभर यस्तो प्रविधि प्रयोग गर्ने उक्त विमानस्थल नै पहिलो भएको भेनेजुयलाको जल तथा वायु यातायात मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । यस प्रविधिले ब्याक्टेरियाको विकास हुन नदिई यात्रुहरूको स्वास्थ्यलाई सुरक्षित राख्न सहयोग पु¥याउने मन्त्रालयको दाबी छ । यसका साथै यसले भवनमा सुगन्धित वासना फैलाउँदै वातावरणसमेत सुरक्षित राख्ने बताइएको छ ।

भेनेजुयलाको आर्थिक सङ्कटका कारण अन्तरराष्ट्रिय हवाई टिकट महँगो र दुर्लभ भइरहेको समयमा ल्याइएको यो करप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यङ्ग्य र आक्रोश पोखेका छन् । उता, सञ्चारमाध्यमहरूले यसलाई हाँसोमा समेत उडाएका छन् भने केहीले भ्रष्टाचारको नयाँ स्वरूपका रूपमा व्याख्या गरेका छन् । बाँकी केहीले भने यसलाई विमानस्थलसँग पैसाको अभाव भएको रूपमा अथ्र्याएका छन् ।

भेनेजुयला सरकारसँगको आर्थिक विवादका कारण विभिन्न अन्तरराष्ट्रिय विमान सेवा कम्पनीले त्यहाँ हुने उडान कटौती गरिसकेका छन् । यस्तोमा श्वास कर लगाउँदा देश थप सङक्कटतर्फ जाने चेतावनी दिइएको छ । विश्वमै सबैभन्दा ठूलो तेल सञ्चितिको भण्डार रहेको भेनेजुयलामा ट्वाइलेट पेपर र चिनीको समेत अभाव छ । यस्तो अवस्थामा श्वास कर लागू गर्नुलाई विचित्र, रिस उठ्दो र तर्कहीनलगायत शब्दले विश्लेषण गरिएकोे छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)