बिदा बचाउन र सोबापत कम्पनीले दिने रकमका लागि धेरैजसो कर्मचारी छुट्टीमा समेत बिदा नबसी नियमित कार्यालय आउने गर्दछन् । तर, पछिल्लो समय यसले कम्पनीको उत्पादकत्व र कर्मचारीको काम–जीवनबीचको सन्तुलन बिगार्न थालेपछि कर्मचारीले बचाएको बिदाबापत रकम दिने व्यवस्थामा परिवर्तन हुन थालेको देखिएको छ । कर्मचारीलाई छुट्टी लिन बाध्य बनाउन र उनीहरुलाई परिवार र साथीभाइसँग समय बिताउने अवसर दिन कम्पनीले बचेको बिदाबापत पैसा नदिने नीति अपनाएका छन् । नयाँ आर्थिक वर्षको आरम्भमा भोडाफोन इण्डियाले बचेको बिदाबापत रकम कर्मचारीलाई नदिन क्याजुअल बिदा (सीएल) र प्रिभिलेज लीभ (पीएल)मा संशोधन गरेको छ । यसका साथै कम्पनीले बाध्यात्मक पीएलको सीमासमेत ४ दिन बढाएको छ ।
घरायसी सामग्री निर्माता समूह गोदरेजले पनि बचेको बिरामी बिदाबापत रकम दिइने व्यवस्थालाई हटाएको छ भने जर्मन बहुराष्ट्रिय इञ्जिनीयरिङ तथा इलेक्ट्रोनिक्स कम्पनी सिमेन्सको भारतीय एकाइमा बिदाबापतको रकम सेवानिवृत्त भएपछि मात्र पाउने व्यवस्था छ । कम्पनीले बचाएको बिदाबापत रकम दिएकाले कर्मचारीलाई बिदामा नबस्न प्रोत्साहित गरेको भन्दै यो अवधारणा हटाइएको भोडाफोन इण्डियाका मानव संसाधन निर्देशक अशोक रामचन्द्रले बताएका छन् । यसका साथै कम्पनीले बाध्यात्मक बिदा सीमासमेत १० दिनबाट १४ दिनमा पु¥याएको बताइएको छ ।
‘यसले कर्मचारीहरुलाई बिदामा बस्न र काम–जीवनबीच स्वस्थ्य सन्तुलन कायम गर्न प्रोत्साहित गर्नेछ,’ रामचन्द्रले भने । बिदाका बदलामा पैसा दिने व्यवस्था निकै लामो समयदेखि प्रचलनमा छ । तर, पछिल्लो समय कर्मचारी बिदामा नबसी लामो समय कार्यालयमा बिताउँदा उत्पादकत्वमा नकारात्मक प्रभाव पर्ने तथ्य सार्वजनिक भएपछि भने कम्पनीहरुले यो व्यवस्था हटाएका छन् । अन्य केही कम्पनीहरुले भने बिदाबापत पैसा सेवा निवृत्तपछि दिने व्यवस्था गरेका छन् । सेवा निवृत्त हुँदा बिदाको एकमुष्ठ रकम पाउनुलाई धेरैले सकारात्मक रुपमा पनि
लिएका छन् ।
त्यस्तै, बिदाबापतको पैसा दिने वा बिदा जम्मा गरी सेवा निवृत्त भएपछि एकमुष्ठ रकम दिने विषयमा कम्पनी र कर्मचारीबीच भिन्नभिन्न धारणा पाइन्छ । युवा कर्मचारीले धेरै समय बिदा लिनुपर्ने अवस्था नआए पनि निरन्तर काम गर्न राम्रो नहुने कम्पनीहरुको भनाइ छ । स्वास्थ्यलाई पैसासँग तुलना गर्न नसकिने र बिरामी नहुने मानिसलाई पैसा दिनु पनि तार्किक नहुने गोदरेजका एचआर तथा कर्पोरेट सेवा प्रमुख सुमित मित्राले बताएका छन् । यद्यपि, केही कम्पनीहरुले बिदामा बस्न प्रोत्साहित गर्दै बचेको बिदाबापत कर्मचारीलाई रकम दिने मध्य मार्ग अपनाएको पाइएको छ ।
बिदा बचाउन र सोबापत कम्पनीले दिने रकमका लागि धेरैजसो कर्मचारी छुट्टीमा समेत बिदा नबसी नियमित कार्यालय आउने गर्दछन् । तर, पछिल्लो समय यसले कम्पनीको उत्पादकत्व र कर्मचारीको काम–जीवनबीचको सन्तुलन बिगार्न थालेपछि कर्मचारीले बचाएको बिदाबापत रकम दिने व्यवस्थामा परिवर्तन हुन थालेको देखिएको छ ।
कर्मचारीलाई छुट्टी लिन बाध्य बनाउन र उनीहरुलाई परिवार र साथीभाइसँग समय बिताउने अवसर दिन कम्पनीले बचेको बिदाबापत पैसा नदिने नीति अपनाएका छन् । नयाँ आर्थिक वर्षको आरम्भमा भोडाफोन इण्डियाले बचेको बिदाबापत रकम कर्मचारीलाई नदिन क्याजुअल बिदा (सीएल) र प्रिभिलेज लीभ (पीएल)मा संशोधन गरेको छ । यसका साथै कम्पनीले बाध्यात्मक पीएलको सीमासमेत ४ दिन बढाएको छ ।
घरायसी सामग्री निर्माता समूह गोदरेजले पनि बचेको बिरामी बिदाबापत रकम दिइने व्यवस्थालाई हटाएको छ भने जर्मन बहुराष्ट्रिय इञ्जिनीयरिङ तथा इलेक्ट्रोनिक्स कम्पनी सिमेन्सको भारतीय एकाइमा बिदाबापतको रकम सेवानिवृत्त भएपछि मात्र पाउने व्यवस्था छ । कम्पनीले बचाएको बिदाबापत रकम दिएकाले कर्मचारीलाई बिदामा नबस्न प्रोत्साहित गरेको भन्दै यो अवधारणा हटाइएको भोडाफोन इण्डियाका मानव संसाधन निर्देशक अशोक रामचन्द्रले बताएका छन् । यसका साथै कम्पनीले बाध्यात्मक बिदा सीमासमेत १० दिनबाट १४ दिनमा पु¥याएको बताइएको छ ।
‘यसले कर्मचारीहरुलाई बिदामा बस्न र काम–जीवनबीच स्वस्थ्य सन्तुलन कायम गर्न प्रोत्साहित गर्नेछ,’ रामचन्द्रले भने । बिदाका बदलामा पैसा दिने व्यवस्था निकै लामो समयदेखि प्रचलनमा छ । तर, पछिल्लो समय कर्मचारी बिदामा नबसी लामो समय कार्यालयमा बिताउँदा उत्पादकत्वमा नकारात्मक प्रभाव पर्ने तथ्य सार्वजनिक भएपछि भने कम्पनीहरुले यो व्यवस्था हटाएका छन् । अन्य केही कम्पनीहरुले भने बिदाबापत पैसा सेवा निवृत्तपछि दिने व्यवस्था गरेका छन् । सेवा निवृत्त हुँदा बिदाको एकमुष्ठ रकम पाउनुलाई धेरैले सकारात्मक रुपमा पनि लिएका छन् ।