कुनै पनि कर्मचारीले आफ्नो जागीर बचाइराख्न आफ्नो शैक्षिक योग्यताअनुसारको राम्रो काम गर्न जरूरी छ । तर, बेलायती बहुराष्ट्रिय दूरसञ्चार प्रविधि कम्पनी भोडाफोनको भारतीय एकाइमा कार्यरत कर्मचारीमा जागीरलाई टिकाइराख्न राम्रो चालक हुनुपर्ने प्रावधान छ । भोडाफोनमा कर्मचारीहरुले चालक तालीम अनिवार्य रुपमा लिनुपर्दछ । यो नियम पालना गर्न नमान्ने कर्मचारीको जागीर चट् भएको पाइएको छ । चालक तालीममा कर्मचारीलाई सुरक्षितसँग सवारी चलाउन सीटबेल्ट बाँध्ने तथा बेल्ट–हेल्मेटको सही प्रयोगबारे जानकारी दिइन्छ ।
विगत १ वर्षमा कार्यालय समयबाहिर जथाभावी सवारी हाँक्ने तीन जना कर्मचारीलाई भोडाफोन इण्डियाले जागीरबाट निकालिसकेको छ । पछिल्ला ४ महीनामा भोडाफोन इण्डियाले करीब १ लाखभन्दा बढी कर्मचारीलाई सुरक्षित सवारी चलाउन तथा सीटबेल्ट र हेल्मेटको सही प्रयोगबारे प्रशिक्षण दिन २३ लाख घण्टा खर्चेको तथ्याङ्क छ । यस प्रशिक्षण कार्यक्रमअन्तर्गत कम्पनीले प्रशिक्षण पूरा गरेका १ लाख १३ हजार कर्मचारीलाई ‘सुरक्षित पासपोर्ट’ जारी गरेको छ । ‘सुरक्षित सवारी चालक प्रशिक्षण पूरा नगरी कोही कर्मचारीले पनि काम शुरु गर्न पाउने छैनन्,’ कम्पनीका मानव संसाधन विभागका निर्देशक अशोक रामा चन्द्रणले भने ।
यो नियम कार्यालय समयमा मात्र नभई कार्यालयबाहिर समेत लागू हुने उनको भनाइ छ । यस प्रकारको नियम कार्यान्वयनमा आउनाले दुर्घटनामा कमी आउनुका साथै यसले कर्मचारीमा जिम्मेवारीको भावनालाई बढाएको रामा चन्द्रणले बताएका छन् । यो नियम बनेदेखि भोडाफोन कर्मचारीले कार्यालय समयबाहिर पनि सुरक्षित सवारी चलाउने गरेको पाइएको छ । यसको प्रभाव कर्मचारीका बालबच्चामा समेत पर्दै गएकाले यस कदमले भविष्यमा नयाँ पुस्तालाई समेत सही सन्देश दिने कम्पनीको अपेक्षा रहेको बताइएको छ ।
कुनै पनि कर्मचारीले आफ्नो जागीर बचाइराख्न आफ्नो शैक्षिक योग्यताअनुसारको राम्रो काम गर्न जरूरी छ । तर, बेलायती बहुराष्ट्रिय दूरसञ्चार प्रविधि कम्पनी भोडाफोनको भारतीय एकाइमा कार्यरत कर्मचारीमा जागीरलाई टिकाइराख्न राम्रो चालक हुनुपर्ने प्रावधान छ ।
भोडाफोनमा कर्मचारीहरुले चालक तालीम अनिवार्य रुपमा लिनुपर्दछ । यो नियम पालना गर्न नमान्ने कर्मचारीको जागीर चट् भएको पाइएको छ । चालक तालीममा कर्मचारीलाई सुरक्षितसँग सवारी चलाउन सीटबेल्ट बाँध्ने तथा बेल्ट–हेल्मेटको सही प्रयोगबारे जानकारी दिइन्छ ।
विगत १ वर्षमा कार्यालय समयबाहिर जथाभावी सवारी हाँक्ने तीन जना कर्मचारीलाई भोडाफोन इण्डियाले जागीरबाट निकालिसकेको छ । पछिल्ला ४ महीनामा भोडाफोन इण्डियाले करीब १ लाखभन्दा बढी कर्मचारीलाई सुरक्षित सवारी चलाउन तथा सीटबेल्ट र हेल्मेटको सही प्रयोगबारे प्रशिक्षण दिन २३ लाख घण्टा खर्चेको तथ्याङ्क छ ।
यस प्रशिक्षण कार्यक्रमअन्तर्गत कम्पनीले प्रशिक्षण पूरा गरेका १ लाख १३ हजार कर्मचारीलाई ‘सुरक्षित पासपोर्ट’ जारी गरेको छ । ‘सुरक्षित सवारी चालक प्रशिक्षण पूरा नगरी कोही कर्मचारीले पनि काम शुरु गर्न पाउने छैनन्,’ कम्पनीका मानव संसाधन विभागका निर्देशक अशोक रामा चन्द्रणले भने ।
यो नियम कार्यालय समयमा मात्र नभई कार्यालयबाहिर समेत लागू हुने उनको भनाइ छ । यस प्रकारको नियम कार्यान्वयनमा आउनाले दुर्घटनामा कमी आउनुका साथै यसले कर्मचारीमा जिम्मेवारीको भावनालाई बढाएको रामा चन्द्रणले बताएका छन् ।
यो नियम बनेदेखि भोडाफोन कर्मचारीले कार्यालय समयबाहिर पनि सुरक्षित सवारी चलाउने गरेको पाइएको छ । यसको प्रभाव कर्मचारीका बालबच्चामा समेत पर्दै गएकाले यस कदमले भविष्यमा नयाँ पुस्तालाई समेत सही सन्देश दिने कम्पनीको अपेक्षा रहेको बताइएको छ ।