ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जा सञ्चिति उपकरण बन्दै चुरोटका ठुटा !

Aug 13, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

ऊर्जा सञ्चिति उपकरण बन्दै चुरोटका ठुटा !
मानिसले फ्याँकेका चुरोटका ठुटाको प्रयोग केमा आउँछ र ? हामीमध्ये धेरैले त्यसको केही काम छैन भन्छौं । तर, दक्षिण कोरियाली वैज्ञानिकहरुले चुरोटका ठुटालाई ऊर्जा सञ्चय गर्ने उपकरणमा बदलेका छन् । मानिसले फ्याँकेका स–साना चुरोटका ठुटा अब कम्प्युटर, हाते ग्याजेट, विद्युतीय गाडी तथा हावाबाट चल्ने टर्वाइनमा ऊर्जा सञ्चयका रुपमा प्रयोग गर्न सकिनेछ । वैज्ञानिकहरुले यस्ता उपकरणमा ताप  सञ्चिति क्षमता उच्च भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गरेका छन् । 
त्यस्तै, फ्याँकिएका चुरोटका ठुटाबाट बनाइने यो उपकरण विद्युतीय संसाधनमा ऊर्जा सञ्चयका लागि प्रयोग गरिँदै आएका कार्बन, ग्राफिन तथा कार्बन नानोट्युबमा भन्दा बढी ऊर्जा सञ्चिति क्षमता भएको बताइएको छ । यसलाई सुपर क्यापासिटरको इलेक्ट्रोड लेपन गर्नका लागि प्रयोग गर्न सकिने सम्भावनातर्फ समेत वैज्ञानिकहरुले औंल्याएका छन् । सुपर क्यापासिटर निकै ठूलो परिमाणमा विद्युत् ऊर्जा सञ्चय गर्न सक्ने विद्युतीय 
रासायनिक वस्तु हो ।
चुरोटका ठुटा ऊर्जा सञ्चयको महत्वपूर्ण काममा प्रयोग हुने भएपछि फ्याँकिएका चुरोटका ठुटा तथा फिल्टरका कारण उत्पन्न वातावरणीय समस्या समाधान हुने आशा गरिएको छ । विश्वमा हरेक वर्ष ७ लाख ६६ हजार ५ सय ७१ मेट्रिक टन चुरोटका ठुटा फ्याँकिने गरेको एक तथ्याङ्कले देखाएको छ । वैज्ञानिकहरुले चुरोटका ठुटामा हुने फिल्टरमा रहेको सेलुलोज एसिटेट फाइबरलाई कार्बनमा परिणत गर्न सकिने बताएका छन् । चुरोटका ठुटालाई पाइरोलाइसिस नामक सामान्य जलन प्रक्रियाबाट नै यस्तो स्वरुपमा बदल्न सकिने वैज्ञानिहरुको भनाइ छ । 
चुरोटका ठुटालाई जलाइसकेपछि त्यो ससाना प्वाल भएका कार्बनमा बदलिन्छ । यी प्वालहरुले उच्च परिमाणमा विद्यतीय ऊर्जा सञ्चय गर्न सकिने सुपर क्यापारिटिभको काम गर्नसक्छ । यो ऊर्जाको बढ्दो माग पूरा गर्ने स्वच्छ समाधान भएको सोल नेशनल युनिभर्सिटीका प्राध्यापक तथा अनुसन्धानकर्ता जोङ्घेओपले बताएका छन् । चुरोटमा प्रयोग हुने फिल्टर विषाक्त हुने तथा यो तत्कालै नसड्ने हुनाले यसले विभिन्न किसिमका वातावरणीय तथा स्वास्थ्यसम्बन्धी जोखीम ल्याउने चेतावनी विज्ञहरुले दिँदै आएका छन् । यसैकारण पछिल्लो समयमा धेरै देशले चुरोटका ठुटा फाल्नमा कडाइसमेत गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)