ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्मचारीलाई राम्रो व्यवहार गर्ने कम्पनीको शेयर प्रतिफल उत्कृष्ट !

Aug 20, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


कम्पनीहरुले कर्मचारीलाई राम्रो व्यवहार गर्नुपर्छ भन्ने मान्यता नयाँ होइन । मानवताका नाताले होस् वा जिम्मेवारीका आधारमा आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीप्रति राम्रो दृष्टिकोण राख्नु सबै कम्पनीको दायित्व हो । यसले कर्मचारी र कार्यालयबीच बलियो सम्बन्ध स्थापना गराउने काम गर्छ । तर, हालै भएको एउटा अनुसन्धानले नयाँ तथ्य सार्वजनिक गरेको छ । अमेरिकास्थित युनिभर्सिटी अफ पेन्सिल्भानिया वार्टन स्कूल र बेलायतको बारबिक बिजनेश स्कूलका प्राध्यापकहरुले गरेको अनुसन्धानले कर्मचारीलाई राम्रो व्यवहार गर्ने कम्पनीको शेयरमा उच्च प्रतिफल प्राप्त हुने बताएको छ । अमेरिका तथा अन्य राष्ट्रमा लगानीकर्ताहरु पनि काम गर्नका लागि उत्कृष्ट १ सयभित्र सूचीबद्ध भएका कम्पनीप्रति बढी आकर्षित हुने गरेको पाइएको छ । ‘कर्मचारीलाई आफ्नो सम्पत्तिजस्तै व्यवहार गर्दा त्यसको प्रभाव उनीहरुले गर्ने काममा पनि देखिन्छ,’ यस अध्ययनका एक सहलेखक एलेक्स एड्म्यान्सले भनेका छन् ।


त्यस्तै कर्मचारीप्रति राम्रो व्यवहार गर्ने अमेरिकी कम्पनीको शेयरमा प्रतिद्वन्द्वीको तुलनामा वार्षिक २ देखि ३ प्रतिशत बढी प्रतिफल प्राप्त हुने यसअघि गरिएको अध्ययनले पनि देखाएको थियो । अन्य देशमा यस्तो परिणाम कसरी निस्कन्छ भन्ने विषयमा केन्द्रित भएर यो अध्ययन तयार गरिएको हो । अघिल्लो अध्ययनको परिणाम लचिलो श्रम बजारमा बढी आउने अनुसन्धानकर्ताको निष्कर्ष छ । कर्मचारी भर्ना गर्न र कामबाट निकाल्न सहज परिस्थिति भएको कम्पनीमा यस्तो परिणाम आउने गरेको अध्ययनमा पाइएको छ । अमेरिका, बेलायत र क्यानाडामा रहेका कम्पनीहरु बढी लचिलो हुने भएकाले शेयर बजारमा उनीहरुको उपस्थिति र प्रतिफलबीच बलियो अन्तरसम्बन्ध रहेको अनुसन्धानमा पाइएको छ । उदाहरणका लागि गूगल सेल्सफोर्स डट कम र इण्टुट उत्कृष्ट कम्पनीको शीर्ष १० स्थानमा रहेका छन् । विगत केही वर्षयता ती कम्पनीहरुको शेयरले समग्र शेयर बजारको औसत प्रदर्शनलाई पछाडि पारेको तथ्याङ्कले समेत अध्ययनको निष्कर्षलाई समर्थन गरेको छ । गतवर्ष गूगलको शेयर प्रतिफल ३२ प्रतिशतले माथि रहेको थियो । उता, एसएण्डपी ५०० को भने १५ प्रतिशतमात्र रहेको बताइएको छ । त्यस्तै कर्मचारीले कामदारप्रति दर्शाउने व्यवहारमा धेरै प्रतिबन्ध लगाइएका जर्मनी, फ्रान्सजस्ता राष्ट्रमा भने यो अध्ययनको निष्कर्ष कमजोर रहेको पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)