ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला बोर्ड सदस्य हुने कम्पनीले बढी कमाउँछन् !

Oct 29, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

  कम्पनीहरुले आफ्नो सार्वजनिक छवि सुधार्न र सरकारी मापदण्ड पूरा गर्न मात्र सञ्चालन समितिमा महिला कर्मचारीलाई सहभागी गराउने गरेका छन् । कम्पनीको सञ्चालन समितिमा महिलाको संलग्नताले व्यावसायिक स्थिति उकास्न मद्दत मिल्ने नयाँ तथ्य सार्वजनिक भएको छ । सञ्चालन समितिमा महिला सहभागी भएको कम्पनीले बोर्डमा महिला नभएको कम्पनीको तुलनामा बढी नाफा कमाउने समाचार संस्था टाइम्स अफ इण्डिया (टीओआई)ले गरेको एक अध्ययनले देखाएको छ । टीओआईले बोर्डमा महिला भएका कम्पनी र लाभबीचको सम्बन्धमाथि अध्ययन गरेको थियो ।

  अध्ययनमा १ सयओटा प्रमुख भारतीय कम्पनीको शेयरमा मुनाफा (रिटर्न अन इक्विटी–आरओई)सम्बन्धी तथ्याङ्क अध्ययन गरिएको थियो । सञ्चालक समितिमा महिला सदस्य भएका कम्पनीको आरओईमाथि सकारात्मक प्रभाव पारेको अध्ययनमा पाइएको छ । सन् २०१४ मा महिला र पुरूष दुवैको सहभागिता रहेको निजी कम्पनीको आरओई ४ दशमलव ४ प्रतिशतले बढेको अध्ययनका क्रममा भेटिएको छ । उता, पुरूषमात्र सदस्य रहेको यस्तै प्रकारको कम्पनीको आरओई भने १ दशमलव ८ प्रतिशतले मात्र बढेको तथ्याङ्क छ ।

  पारिवारिक व्यवसायको हकमा समेत यही कुरा लागू हुने बताइएको छ । गतवर्ष दुईभन्दा बढी महिला निर्देशक रहेको कम्पनीको आरओई १ प्रतिशतले बढेको थियो । समितिमा पुरूषमात्र रहेको कम्पनीको स्थिति भने नकारात्मक पाइएको थियो । विश्वको करीब आधा जनसङ्ख्या महिला भएको सन्दर्भमा मानव कल्पना–शक्तिको पूर्ण दोहनका लागि व्यवसायको सबै पक्षमा विविधता देखाउनु जरूरी रहेको न्यू हेम्पशायरस्थित टक स्कूल अफ बिजनेशका प्राध्यापक विजय गोविन्दराजनले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)