सामाजिक सञ्जाल अहिले हाम्रो जीवनको अपरिहार्य तङ्खव बनिसकेको छ । नयाँनयाँ कुरा थाहा पाउन र साथीभाइ तथा आफन्तहरुसँग नजिक रहन यसले महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । सामाजिक सञ्जालको लोकप्रियता बढेसँगै यसले मानिसलाई चलाख बनाउने तथ्यसमेत सार्वजनिक भएको छ । बेलायतको जैविक विज्ञानसम्बन्धी तथ्य प्रकाशित हुने ‘प्रोसिडिङ्स अफ रोयल एकेडेमी : जैविक विज्ञान’ नामक जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार सामाजिक सञ्जालमा क्षेत्रको सीमितता नहुने भएकाले यसबाट हामीले ज्ञानको व्यापक दायरा पाउन सक्छौं ।
एक वा दुई जना शिक्षकबाट सिकेभन्दा शिक्षकको एक व्यापक शृङ्खला र समूहबाट गरेको अध्ययन बढी उपयोगी हुने अध्ययनले बताएको छ । यसबाट मानिसको प्राविधिक ज्ञानको क्षेत्रसमेत व्यापक बन्ने र यसले सोको स्तर उकास्नसमेत सहयोग पु¥याउने प्रतिवेदनमा बताइएको छ । कठिन प्रविधि र सांस्कृतिक ज्ञानको विकासका लागि ठूलो जनसङ्ख्या र सामाजिक सम्बन्ध धेरै महङ्खवपूर्ण रहेको प्रतिवेदनका प्रमुख लेखक तथा युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया (यूबीएस)का पीएचडी विद्यार्थी मिसेल मुथुकृष्णले बताएका छन् । यो अध्ययन प्रतिवेदन मुथुकृष्ण र यूबीएसका प्राध्यापक जोसेफ हेनरिकले लेखेका हुन् ।
‘आर्कियोलोजिष्ट र विकासवादी सिद्धान्तकारहरुले लामो समयदेखि बताउँदै आएको समाजको सामाजिकता र प्रविधिको जटिलताबीच महङ्खवपूर्ण सम्बन्धलाई यो अध्ययनले पहिलोपटक प्रयोगको माध्यमबाट प्रदर्शन गरेको छ,’ मुथुकृष्णले भने । अध्ययनका लागि सहभागीहरुलाई डिजिटल फोटो एडिटिङ र गाँठो बाँध्नेजस्ता शीप सिकाइएको थियो । उनीहरुलाई आफूले सिकेको कुरा अर्को पुस्तालाई समेत सिकाउन लगाइएका थियो । बढीभन्दा बढी विज्ञहरुमाथिको पहुँच भएका समूहले कम पहुँच हुने समूहको तुलनामा बढी कुशल अध्ययन गर्न सफल भएको अध्ययनमा पाइएको छ ।
त्यस्तै १० पुस्तासम्म पनि बढी शिक्षकमाथिको पहुँच भएका समूहका हरेक सदस्यले कुशल एउटा मात्र गुरू भएका समूहको तुलनामा बढी शीप सिकेका थिए । बढी विज्ञहरुमाथिको पहुँच भएका समूहले कम पहुँच हुने समूहको तुलनामा आफूले सिकेको शीपलाई अर्को पुस्तासम्म पनि कायम राख्न सकेका थिए । उनीहरुमा सांस्कृतिक ज्ञानको प्रसार पनि बढी भएको पाइएको थियो । सामाजिक सञ्जाल कौशल विकास शिक्षादेखि लोपोन्मुख भाषा र संस्कृतिको संरक्षणजस्ता क्षेत्रमा बढी उपयोगी हुने अध्ययनले सुझाएको छ ।