रोजगारी बचाउन इमानदारीसाथ काम गर्नुपर्ने त छँदै छ, कहिलेकाहीँ हाकिमको चाकरीसमेत गर्नेपर्ने हुन्छ । तर, कर्मचारी–कर्मचारीबीचको संवादमा सामाजिक शब्दको बढी प्रयोगले समेत रोजगारी जोगाउन सहयोग पुर्याउने नयाँ तथ्य फेला परेको छ । अमेरिकास्थित युनिभर्सिटी अफ पेनसिल्भानियामा रहेको वार्टन स्कूलका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले भने आफ्ना सहकर्मीसँग खेलकुद तथा खानेकुराजस्ता आधारविहीन विषयबारे छलफल गर्ने कर्मचारीको जागीर टिक्ने सम्भावना बढी हुने देखाएको छ ।
वार्टनका सहप्राध्यापक लिन वुले विश्वव्यापी सूचनाप्रविधि परामर्श कम्पनीमा काम गर्ने करीब ८ हजार ३७ जना कर्मचारीको ईमेल, म्यासेज, क्यालेण्डर समय निर्धारणजस्ता विद्युतीय संवादको अध्ययन गरेकी थिइन् । भाषाको विश्लेषण गर्ने क्रममा उनले संवादलाई सामाजिकलगायतका विभिन्न श्रेणीमा विभाजित गरेकी थिइन् । यसैमा वुले खानेकुरा, खेलसम्बन्धी संवादलाई सामाजिक संवादको श्रेणीमा राखेकी थिइन् । सो अध्ययनका क्रममा लञ्च, कफी र वेसबलजस्ता शब्दको प्रयोग गर्ने कर्मचारीको रोजगारी सम्भावना अधिक रहेको उनले पाएकी छन् ।
कर्मचारीले कम्पनीलाई कति नाफा दिलाएभन्दा पनि रोजगारी बचाउने उपायको सूचकका रुपमा यसलाई लिन वुले आग्रह गरेकी छन् । धेरै गफ मात्र गर्ने कर्मचारीले कम्पनीको आम्दानी बढाउन त्यति सहयोग नपुर्याउने भए पनि ती कम्पनीका मालिकले भने गफाडीहरुलाई ज्यादै गम्भीरताका साथ लिएको र उनीहरुलाई धेरै महङ्खवका दृष्टिले हेर्ने गरेको वुले बताएकी छन् । ‘कर्मचारीले आम्दानीले नाप्न नसकिने केही कुरा कम्पनीलाई पक्कै दिएका छन्,’ उनले भनिन् । सामाजिक कर्मचारीले कम्पनीलाई मूल्यवान बनाउने वुको तर्क छ ।