ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाईजहाज, हेलिकप्टर र कार एउटैमा !

Nov 4, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

  हामीले अहिले हवाईजहाज, हेलिकप्टर र कारको मज्जा छुट्टाछुट्टै लिँदै आइरहेका छौं । तर, भविष्यमा भने एउटै साधनबाट यी तीनओटै सवारीको मज्जा लिन सकिनेछ । अमेरिकाको एरिजोनामा रहेको एरोस्पेस सिष्टम कम्पनी क्रोस्ब्लेडले यस्तो सवारी बनाउन लागेको हो । कम्पनीले ‘स्काईक्रुसर’ नामक विद्युतीय उपकरण हवाईजहाज र हेलिकप्टर मोडमा चलाउन मिल्ने बताएको छ । त्यस्तै सो उपकरणलाई कार चलाइएजस्तै चलाउनसमेत मिल्ने बताइएको छ । हवाईजहाज र हेलिकप्टर दुवै भएको यस सवारीले सहजै ल्याण्ड र टेक अफ गर्नसक्ने कम्पनीको दाबी छ ।

  कम्पनीले स्काईक्रुसरलाई कुनै परिवर्तनविना एकपछि अर्को ठाउँमा जानसक्ने उपकरणका रुपमा विकास गर्न चाहेको बताइएको छ । यसमा तीन सवारीसाधनको आनन्द उठाउन यात्रुले ढोका भने परिवर्तन गर्नुपर्नेछ । स्काईक्रुजर हाल अवधारणाको चरणमा मात्र रहे पनि कम्पनीले स्काईप्राउलर नामक यसको सानो संस्करणमा काम शुरु गरिसकेको बताइएको छ । यी दुवै उपकरणको बजारमा उपलब्धताको मिति र यसको मूल्यबारे यकिन नभएको बताउँदै यसमा चालक परीक्षणबारे भने अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)