ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रात्रिकालीन कामले दिमाग सुस्त !

Nov 12, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

  रात बेरात काम (सिफ्ट वर्क)ले दिमाग सुस्त हुने नयाँ अध्ययनले देखाएको छ । आदर्श कायम समयभन्दा बाहेक गरिने कामले मानिसको बौद्धिक क्षमतामा समेत नोक्सान पुर्याउने ‘अक्युपेशनल एण्ड इन्भाइरोन्मेण्टल मेडिसिन’ जर्नलको पछिल्लो संस्करणमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा बताइएको छ । दशकौंसम्मको सिफ्ट वर्क गर्ने मानिसको मस्तिष्क ६ वर्ष बूढोे हुने वैज्ञानिकहरुले बताएका छन् । यद्यपि, सिप्mट वर्क गर्न छाडेका मानिसहरुमा यस्तो समस्यामा सुधार आएको र त्यस्ता मानिसलाई सामान्य अवस्थामा फर्किन ५ वर्ष समय लाग्ने विज्ञहरुको दाबी छ ।

  पागलपना भएका अधिकांश व्यक्तिमा राम्रोसँग निद्रा नलाग्ने समस्या पाइएकाले त्यस्ता व्यक्तिहरुका लागि यस अध्ययनको निष्कर्ष बढी महङ्खवपूर्ण हुने विज्ञहरुको भनाइ छ । हाम्रो शरीरको आन्तरिक घडी दिउँसो सक्रिय रहने र रातमा उचित निद्रा प्राप्त गर्ने गरी डिजाइन गरिएको छ । हामीले शरीरको आन्तरिक घडीको विपरीत काम गरेमा यसले स्तन क्यान्सरदेखि मोटोपनजस्ता रोग उब्जाउने तथ्य त हामी सबैलाई थाहा भएकै कुरा हो । तर, फ्रान्सको युनिभर्सिटी अफ स्वान्सी र युनिभर्सिटी अफ टोउलोजका अनुसन्धानकर्ताले यस्तो तालमेल नमिले यसको असर मस्तिष्कमा समेत पर्नसक्ने नयाँ तथ्या पत्ता लगाएका छन् ।

 यस अनुसन्धानमा अनुसन्धाताहरुले फ्रान्सका ३ हजार मानिसका स्मरणशक्ति, विचारको गति र व्यापक अनुभूति क्षमताबारे अध्ययन गरेको थियो । हाम्रो उमेरमा भएको वृद्धिसँगै मस्तिष्क पनि प्राकृतिक रुपमै कमजोर हुँदै जाने भए पनि सिफ्ट वर्कले यसको गतिलाई थप तीव्र बनाउने अनुसन्धानकर्ताले बताएका छन् । त्यस्तै, १० वर्षभन्दा बढी सिफ्ट वर्क गर्ने मानिस र साढे ६ वर्ष काम गर्नेमा समेत उस्तै उस्तै नतीजा पाइएको बताइएको छ । अध्ययनमा लागेका मानिसले सिफ्ट वर्क छोडेको अवस्थामा उनीहरुको मस्तिष्कमा सुधारको सङ्केत देखिएको र सुधार आउन ५ वर्ष लागेको अध्ययनमा भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)