ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानले पनि खुशीको स्तरमा भिन्नता !

Nov 17, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

  खुशीको स्तरलाई मानिस बस्ने स्थानले पनि फरक पार्ने नयाँ तथ्या फेला परेको छ । मानिसहरुको खुशी उनीहरु कहाँ बस्छन् भन्ने कुरामा बढी निर्भर हुने गरेको बेलायती मेडिकल जर्नल ‘ल्यानसेट’को पछिल्लो संस्करणमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा पाइएको छ । बेलायतको युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक एण्ड्रिउ स्टेपटो र समकक्षी अनुसन्धानकर्ताले गरेको विश्वव्यापी सर्वेक्षणमा अमेरिका, बेलायतजस्ता राष्ट्रमा बस्ने मानिसको खुशी उमेरसँगै कम हुने विज्ञहरु बताउँछन् । त्यस्तै अफ्रिकामा पनि यो दर कम नै रहेको थियो ।

  त्यसैगरी पूर्वी यूरोप र ल्याटिन अमेरिकामा मानिसको उमेर ढल्कँदै गएपछि खुशीको स्तर घट््ने पाइएको छ । अफ्रिकाका मानिस भने जीवनभर प्रायः असन्तुष्ट नै रहने अध्ययनको निष्कर्ष छ । यसका कारण धेरै र जटिल भए पनि यसमा केही स्वीकार गर्नैपर्ने तर्क र सिक्नैपर्ने महङ्खवपूर्ण पाठ रहेको स्टोपटोको भनाइ छ । यो अध्ययनका लागि अनुसन्धानकर्ताहरुले १ सय ६० ओटा राष्ट्रमा ग्यालपले गरेको ४ वर्षको विश्व जनमतको तथ्याङ्क प्रयोग गरेका थिए । सो जनमतमा विश्व जनसङ्ख्याको ९८ प्रतिशतभन्दा बढीलाई ओगटेको छ ।

  यससँगै उनीहरुले शारीरिक स्वास्थ्य र पीडाबारे पनि अध्ययन गरेका थिए । पश्चिमा राष्ट्रमा जीवनप्रतिको सन्तुष्टि ४५ र ५४ वर्षको उमेरमा ढल्किने गरेको छ । ५४ वर्षपछि भने उनीहरुको जीवनप्रतिको सन्तुष्टिमा पुनः वृद्धि हुने अध्ययनमा बताइएको छ । यो उमेरमा मानिसको तलब उच्च रहने र यो काम गर्न तथा पैसा कमाउनका लागि उपयुक्त समय रहेकाले यो समयमा मानिस खुशी हुने अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीका प्राध्यापक र प्रतिवेदनका सहलेखक एङ्गस डियटनले भनेका छन् । कमजोर स्वास्थ्य हुँदाहुँदै पनि वृद्ध मानिसहरु तुलनात्मक रुपमा खुशी हुने कारण पनि यही भएको उनको भनाइ छ ।

  उता, पूर्वसोभियत सङ्घजस्ता राष्ट्रमा जीवनप्रतिको सन्तुष्टि उमेरसँगै कम हुँदै जाने र पश्चिमा राष्ट्रको तुलनामा धेरै नै कम रहने गरेको अध्ययनले सुझाएको छ । यस तथ्यलाई पनि अर्थतन्त्रसँग जोडेर हेर्न सकिनेमा अनुसन्धानकर्ताले जोड दिएका छन् । त्यस्ता राष्ट्रका वृद्ध मानिसले उपचार र निवृत्तिभरणजस्ता आफ्ना जीवनमा प्रमुख अर्थ राख्ने तङ्खवहरु गुमाइसकेको हुनाले यस्तो हुने उनीहरु बताउँछन् । त्यस्तै अफ्रिकामा बस्ने मानिसमा भने जीवनभर सन्तुष्टिको स्तर कम नै रहने र चिन्ता तथा तनाव ज्यादै धेरै हुने अध्ययनमा पाइएको छ । मानिसको खुशीको स्तर पैसासँग तुलना गर्न नमिल्ने प्राध्यापक स्टोपटोले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)