ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ट्विट’ पनि बेरोजगारीको स्तर मापक !

Nov 25, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

  पछिल्लो समय बेरोजगारी विश्वको जल्दोबल्दो समस्याका रुपमा उदाएको छ । बेरोजगारी नाप्ने विभिन्न मापकबारे हामीले सुनेका छौं । तर, हामीले घण्टौं बिताउने सामाजिक सञ्जालबाट पनि बेरोजगारीको स्तर नाप्न सकिन्छ भन्दा हामीमध्ये केहीलाई अचम्म लाग्नसक्छ । दिनरात मानिसहरुले सामाजिक सञ्जाल ट्विटरमा गर्ने ट्विट्सले बेरोजगारीको स्तर निर्धारण गर्ने अमेरिकास्थित कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । ट्विटर गतिविधिको मूल्याङ्कनले कुनै पनि तोकिएका स्थानमा बेरोजगारीको सङ्ख्या नाप्न सकिने उनीहरुको तर्क छ ।

  ‘सामाजिक सञ्जालको गहन अध्ययनले नीतिको प्रभाव, सामाजिक परिवर्तन, शहरको आर्थिकस्तरमा प्राकृतिक प्रकोप र मानव निर्मित प्रकोपले पारेको प्रभाव मापन गर्न र बुझ्न सरकारलाई सहयोग पु¥याउँछ,’ प्रतिवेदनका प्रमुख लेखक एलेजेण्ड्रो ल्लोरेण्टेले भनेका छन् । यस अध्ययनका लागि अनुसन्धानका लेखकले स्पेनको सामाजिक सञ्जालसम्बन्धी तथ्याङ्कहरुको विश्लेषण गरेका थिए । उनीहरुले स्पेनको ३ सय ४० ओटा विभिन्न आर्थिक क्षेत्रबाट आएका करीब १४ करोड ५० लाख म्यासेज अध्ययन गरेका थिए ।

  तथ्याङ्क विश्लेषणपछि उच्च बेरोजगारी भएको क्षेत्रमा बिहानको ९ बजे र दिउँसोको समयमा हुने ट्विट्सको दर अन्यको तुलनामा उच्च रहेको पाइएको बताइएको छ । उच्च बेरोजगारी भएको क्षेत्रबाट गरिएको ट्विट्समा जागीर र बेरोजगारीजस्ता शब्दको बढी प्रयोग भएको र तिनीहरुको हिज्जे पनि प्रायः गलत हुने गरेको ल्लोरेण्टेको भनाइ छ । ‘हामीले भौगोलिक क्षेत्रको बेरोजगारीको स्तरसँग सम्बन्धित दिन र रातको चक्र, संवादको प्रकारबारे मूल्याङ्कन गर्ने प्रयास गरेका छौं,’ प्रतिवेदन टुङ्ग्याउने क्रममा लेखकले उल्लेख गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)