ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाईवस्तुका लागि पशु वृद्धाश्रम !

Feb 4, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बुढेशकालमा छोराछोरी वा आफन्तको सहारा नभएका वृद्धवृद्धाका लागि वृद्धाश्रमबारे त हामीले सुन्दै अनि देख्दै आएका छौं । बेसहारा बुढा गाईवस्तुका लागिसमेत पशु वृद्धाश्रम बनाइएको हामीमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ । दाङको देउखुरीस्थित लाल माटियामा यस्तै पशु वृद्धाश्रम स्थापना भएको छ । विसं २०६५ कात्तिक २२ गते स्थापना गरिएको यो पशु वृद्धाश्रम लाल माटियाको ‘कालिका सामुदायिक वन उपभोक्ता समिति’ले व्यवस्थापन गर्दै आएको छ ।

तीन जना कर्मचारीद्वारा सञ्चालित यो वृद्धाश्रमले बुढा गाईवस्तु पाल्ने र मरेपछि सँगै रहेको गिद्ध संरक्षण केन्द्र (गिद्ध रेष्टुराँ)मा लगेर गिद्धलाई खुवाउने गरेको छ । ११ लाख ५० हजार अक्षय कोष रहेको यो वृद्धाश्रमले मरेका गाईवस्तुको छाला र हड्डीसमेत विक्री गर्ने गरेको छ । वृद्धाश्रमको स्थापनाबाट बालीनालीको संरक्षण हुनुका साथै जङ्गल र जैविक विविधताको समेत सुरक्षा भएको छ । यसले गिद्ध रेष्टुराँ सञ्चालनका साथै पर्यटन प्रवद्र्धन तथा स्थानीयको आयमा समेत सुधार भएको बताइएको छ ।

बुढा भएका गाईवस्तु छाडा लगाउने प्रवृत्ति बढेपछि बालीनाली सखाप र वनको संरक्षण हुन छाडेपछि स्थानीयहरुको अवधारणमा डब्ल्यूडब्ल्यूएफ र तराई भू–परिधि कार्यक्रमको सहयोगमा स्थापना गरिएको हो । हालसम्म यस वृद्धाश्रममा ४ सय १ ओटा पशु आएको र यसमध्ये ३ सय ७० ओटा पशुको मृत्यु भइसकेको वृद्धाश्रमको तथ्याङ्कले देखाएको छ । यस वृद्धाश्रमले हरेक वर्ष मरेका पशुको छाला र हड्डीका साथै प्राङ्गारिक मल बेचेर रु. ७५ हजारभन्दा बढी आम्दानी गर्ने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)