ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौरीको घारबाट ५६ लाख डलर कमाइ !

Mar 16, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

मानिसले जीविकोपार्जनका लागि अनेकथरि उपाय अपनाउने गरेका छन् । उनीहरु आफ्नो क्षमताअनुसार खेती किसानीदेखि विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्ने गर्दछन् । कसैले गाईपालन गर्दछन् त कसैले अन्य । त्यसैमध्ये मौरीपालन पनि एक हो । स्वास्थ्यका लागि मह धेरै नै उपयोगी हुन्छ र यसले मूल्य पनि राम्रो पाउने भएकाले मानिसहरु यसतर्फ बढी नै आकर्षित भएको पाइएको छ । मौरीपालनमा मह काढ्नका लागि अनेक प्रकारका उपाय प्रयोग गरिँदै आइएको छ । मह काढ्नु त्यति सजिलो छैन । तर, अष्ट्रेलियाका एक बाबुछोराको जोडीले भने मौरीको घारबाट ५६ लाख डलर कमाएका छन् । यी बाबुछोराले बनाएको नयाँ उत्पादनमा भने यी सबै चिजको आवश्यकता पर्ने छैन । ‘फ्लो हाइभ’ नाम दिइएको मौरीको घारले मह काढ्ने कार्यलाई एकदमै सहज बनाउँछ ।

यसको प्रयोगबाट यी बाबुछोराले ५६ लाख डलर कमाएका छन् । यो रकम यो क्याम्पेनको शुरुआत भएयताकै ठूलो रहेको विश्लेषण गरिएको छ । सेडर एण्डर्सन र उनका पिता स्ट्वाट्ले विगत १ दशकयता यस प्रविधिको अध्ययन गर्दै आएका थिए । उनको परिवारले पुस्तौं पुस्तादेखि मौरीपालन गर्दै मह काढ्दै आएका छन् । सेडार जम्मा ६ वर्षको हुँदाखेरि उनले पहिलोपटक मह काढेका थिए । उनीहरुले बनाएका फ्लो हाइभ मौरीहरुलाई बाधा नपु¥याउने गरी निर्माण गरिएको छ । यसमा न सुरक्षात्मक उपकरण प्रयोग गर्नु पर्छ न घारमा नै धूवाँ लगाउनु पर्छ । यसमा मह काढ्न घारमा भएको स्वीच मात्र थिचे पुग्छ । सो स्वीचले मौरीघारमा भएको संयन्त्रलाई सक्रिय बनाउने र घारमा रहेको धारोबाट ताजा मह सहजै बाहिर निस्कने बताइएको छ । अहिलेसम्म १ सय २० देशमा १२ हजारभन्दा बढी मानिसले फ्लो हाइभ्सको अभियानलाई समर्थन गरेको र ९ सयभन्दा बढीले हाइभका लागि ६ हजार डलर तिरेको बताइएको छ । माग भएका सबै हाइभ यो वर्षको अन्त्यमा निर्यात हुने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)