भिखारी भन्नेबित्तिकै मागेरै दिन गुजारा गर्ने र अभावै अभावमा तल्लो स्तरको जीवनशैली बिताउने मानिसको छवि हाम्रो दिमागमा आउँछ । तर, भारतका एक भिखारीले भने यस्तो सोच र अनुमानलाई गलत साबित गरिदिएका छन् । मुम्बईका भारत जैन नामक एक भिखारीसँग मुम्बईमा ८० लाख रूपया मूल्यबराबरको वन बेडरुम प्mल्याट रहेको छ । यो स्थानीय सञ्चारमाध्यममा ठूलै चर्चाको विषयसमेत बनेको थियो । उनको यो आर्थिक अवस्थालाई भारतको सबैभन्दा व्यस्त शहरमा मानिसहरुले राम्रै दान गरिरहेको सङ्केतका रुपमा हेरिएको छ ।
भारतको भीख माग्ने उद्योगको आकार २ अर्ब रूपयाबराबर रहेको बताइन्छ । कयौं वर्षदेखि भीख माग्दै आएका जैनले दैनिक ८ देखि १० घण्टासम्म भीख मागेर २ हजारदेखि २ हजार ५ सय रूपयासम्म आम्दानी गर्ने गरेका छन् । उनको मासिक आम्दानी ७५ हजार रूपया रहेको र आम्दानीको यो आकार भारतका अधिकांश राज्यका मुख्यमन्त्रीको भन्दा बढी हो । पत्नी र दुई छोराका साथ बस्दै आएका जैनको भन्डुपमा एउटा पसलसमेत छ । आप्mनै पसल हुँदाहुँदै पनि उनी माग्नेका रुपमा काम गर्ने र पसल भने मासिक १० हजार रूपयामा भाडामा दिएका छन् ।