कुनै कम्पनीको नाफा र घाटा उसले भर्ती गर्ने कर्मचारीमा समेत निर्भर रहन्छ । राम्रो कर्मचारी भर्ती हुँदा कम्पनीले नाफा आर्जन गर्छ भने खराब कर्मचारीका कारण कम्पनीलाई नोक्सानी पनि हुन्छ । कम्पनीमा खराब कर्मचारी भर्ना गर्दा संस्थाले भर्ना गरिएको खराब कर्मचारीको वार्षिक तलबको ५ गुणा बढी नोक्सानी हुने भर्जिनियास्थित व्यावसायिक मानव संसाधन व्यवस्थापन संस्था सोसाइटी फर ह्युमन रिसोर्स म्यानेजमेण्ट (एसएचआरएम)ले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले देखाएको छ ।
खराब कर्मचारी भर्ना गर्दा उच्च मात्रामा घाटा बेहोर्ने हुनाले योग्य र सही कर्मचारी भर्ना गर्नमा बढी कम्पनीहरु केन्द्रित रहनुपर्ने प्रतिवेदनमा सुझाइएको छ । कम्पनीको सफलता, संस्कृति र प्रदर्शनमा हरेक कर्मचारीको भूमिका महŒवपूर्ण रहने हुनाले खराब कर्मचारी काममा राख्नु महँगो सावित हुनसक्ने प्रतिवेदनमा चेतावनी दिइएको छ । ‘खराब कर्मचारीलाई काममा राख्दा कम्पनीले उसको वार्षिक तलबको ५ गुणा बढी घाटा बेहोर्नसक्छ,’ एसएचआरएमले बताएको छ ।
कम्पनीमा सही कर्मचारी भर्ना आजको महŒवपूर्ण तर कठिन कार्य रहेको बताउँदै संस्थाले यस्तो बताएको हो । कुनै पनि संस्थाको भविष्य संस्थामा भएका कर्मचारीप्रति निर्भर हुन्छ र यसकारण समग्र भर्नादर प्रक्रिया एउटा कठिन कार्य बन्नजान्छ,’ एसएचआरएम भारतका प्रमुख कार्यकारी अधिकारी आँचल खन्नाले भनेकी छन् । सही कर्मचारीलाई काममा लगाउँदा संस्थालाई सधैं सफलता र वृद्धि प्राप्त भएको छ, जसले ब्राण्ड निर्माणमा महत्वपूर्ण योगदान दिन्छ ।