ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्वजनिक शौचालय प्रयोग गर्दा उल्टो पैसा पाइने !

Jun 11, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


सार्वजनिक शौचालय प्रयोग गरेबापत पैसा तिर्नुपर्ने सामान्य कुरा हो । तर, भारतको अहमदावाद महानगरपालिकाले भने सार्वजनिक शौचालय प्रयोग गरेबापत पैसा दिने योजना बनाउँदै छ । सार्वजनिक स्थानमा जथाभावी दिसापिसाब गर्ने प्रवृत्तिमा रोक लगाउन यो योजना ल्याउन लागिएको हो । यो योजनालाई महानरपालिकाले त्यस क्षेत्रका बासिन्दालाई सार्वजनिक खुला क्षेत्र तथा पर्खालमा दिसापिसाब गर्न रोकी आपूmले निर्माण गरेका ३ सयओटा सार्वजनिक शौचालयतर्फ आकर्षण गर्ने प्रयासका रुपमा हेरिएको छ ।

यो योजनामा शौचालय प्रयोग गरेपिच्छे प्रयोगकर्ताले १ रुपया पाउने छन् । हाल अहमदावादका ६७ ओटा सार्वजनिक शौचालयमा यसलाई परीक्षणका रुपमा लागू गरिने र परियोजना सफल भएमा त्यहाँका ३ सयओटै शौचालयमा कार्यान्वयन गरिने महानगरपालिकाका स्वास्थ्य अधिकारी भाविक जोशीले बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले गतवर्ष स्वच्छ भारत अभियानको घोषणा गरेका थिए । नगरपालिकाको यस कदमलाई जनतालाई शौचालय प्रयोगका लागि उत्साहित गर्ने पछिल्लो प्रयासका रुपमा समेत हेर्न थालिएको छ । थुप्रै भारतीय शौचालयलाई अस्वस्थकर मान्छन् अनि खुला स्थानमा दिसापिसाब गर्न मन पराउँछन् । घरभन्दा पर गएर दिसापिसाब गर्दा घर बढी सफा रहन्छ भन्ने धारणा उनीहरुमा व्याप्त छ ।

सार्वजनिक स्थलमा दिसापिसाब गर्ने व्यक्तिलाई पहिचान गरी प्रयोगबापत पैसा दिने र शौचालयमा जान अभिप्रेरित गरिने अहमदावाद महानगरपालिकाको स्थायी समितिका अध्यक्ष प्रवीण पटेलले बताएका छन् । भारतको कुल जनसङ्ख्यामध्ये करीब आधा अर्थात् ५९ करोड ४० लाख मानिसले खुला स्थानमा दिसापिसाब गर्ने र ग्रामीण क्षेत्रमा यो अझ भयानक रहेको युनिसेफको अनुमान छ । शौचालयको अभाव तथा सफाइसम्बन्धी अन्य समस्याले भारतमा झाडाबान्ताजस्ता ठूलो स्वास्थ्य समस्या उत्पन्न गराएको छ । रासस/एएफपी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)