ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोबाइल फोन फुटाउने जागिर !

Jun 16, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हाम्रो मोबाइल फोन फुट्यो वा अरु कसैले यसलाई फुटाइदियो भने हामीलाई दुःख लाग्छ, धेरै रिस उठ्छ । तर मोबाइल फोन फुटाएर पैसा कमाउन सकिन्छ भन्ने सुन्दाचाहिँ हामीमध्ये धेरैलाई अचम्म लाग्नसक्छ । अझ यस्तै जागिर दिने कम्पनीका बारेमा सुन्दा हामीलाई झट्का पनि लाग्न सक्ला । तर, यो साँचो हो । बेलायतमा रहेको एक मोबाइल कम्पनीले हालै एउटा विज्ञापन गरेर मोबाइल फुटाउने टेष्टरको माग गरेको छ । बेलायती मोबाइल कम्पनी ‘टाइगर मोबाइल्स डट कम’ले उपभोक्तालाई राम्रो मोबाइल खरीदको निर्णयमा सहयोग गर्न यस्तो गरेको बताइएको छ ।

पार्टटाइमका रुपमा माग गरिएको मोबाइल फुटाउने कर्मचारीलाई वार्षिक ३६ हजार ५ सय पाउण्ड पारिश्रमिक दिइने कम्पनीले बताएको छ । ‘सम्भवतः यो अत्यन्तै असाधारण काम हो, जसका लागि हामी कर्मचारी नियुक्त गर्दैछौं तर यो एउटा महङ्खवपूर्ण काम पनि हो,’ कम्पनीका कष्टमर इन्साइट्सका प्रमुख ब्राण्डन एक्रोयडले भने । ग्राहक आफूले खरीद गर्ने मोबाइलको सम्पूर्ण परीक्षण होस् भन्ने चाहना राख्ने बताउँदै यसका लागि मोबाइलाई सबै तरीकाबाट परीक्षण गर्न आवश्यक रहेकोमा एक्रोयडले जोड दिएका छन् ।

यस जागिरका लागि योग्य उम्मेदवारमा मोबाइल प्रविधिलाई माया गर्ने र यसै क्षेत्रमा रहेर लामो समयसम्म मोबाइल फुटाएको अनुभव आवश्यक रहेको विज्ञापनमा उल्लेख गरिएको छ । ‘हामी तपाईंलाई नयाँ स्मार्टफोन लिन र त्यसका बारेमा नयाँ नयाँ जानकारी हासिल होस् भन्ने चाहन्छौं । तपाईं त्यसलाई पानीमा डुबाउनुहोस् वा त्यसलाई फुटाएर नयाँ अनुभव लिनुहोस्,’ विज्ञापनमा भनिएको छ । विज्ञापनअनुसार जागिरका लागि आवेदन दिनेले राम्रो अङ्गे्रजी बोल्न र लेख्नसक्ने हुनुपर्ने र उसमा कम्प्युटरसम्बन्धी समेत दक्षता हुनुपर्नेछ ।

ग्राहक ग्याजेट कस्तो छ भन्नेमा त्यति चासो नदिने तर उनीहरु त्यसको स्क्रीन कतिको बलियो छ र स्मार्टफोन फुट्यो भने त्यसलाई कसरी सफा गर्ने भन्नेतर्फ बढी चासो राख्छन् । कम्पनीले छनोट भएका उम्मेदवारलाई मोबाइल फुटाउँदा भोगेका सबै अनुभव समेटेर एक समीक्षा लेख्न लगाउने बताएको छ । समीक्षामा मोबाइल फुटाउँदाको रमाइलो क्षणलाई समेटिने र त्यस्ता कामदारले वर्षमा ६ वटादेखि १० ओटासम्म मोबाइल फुटाउनुपर्ने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)