ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गर्भधारणका लागि कम्पनीको अनुमति लिनुपर्ने !

Jul 6, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

महिला कर्मचारीले बच्चा जन्माउँदा हाकीमको अनुमति लिनुपर्ने ! सुन्दा पनि अचम्म लाग्ने कुरा । सुन्दै असहज लाग्ने यो कुनै काल्पनिक कुरा होइन, चीनको एक कम्पनीले बनाएको नियम हो । चीनको एउटा कम्पनीले अनौठो नियम जारी गरेको छ । हेनान प्रान्तस्थित एक बैङ्किङ कम्पनीले जारी गरेको नयाँ नियमअनुसार यदि कुनै पनि महिला कर्मचारीले विनाअनुमति गर्भधारण गरेमा उनी दण्डको भागिदार हुनेछिन् । अर्थात् महिला कर्मचारीले गर्भवती हुनुभन्दा पहिला नै कम्पनीसँग यसका लागि अनुमति लिनुपर्नेछ ।

‘शानायाङ क्रेडिट कोअपरेटिभ’का अनुसार यदि कुनै पनि महिला गर्भवती हुन चाहन्छिन् भने यसका लागि पहिला उनले आवेदन दिनुपर्नेछ । कर्मचारीले कम्पनीलाई नभनीकनै गर्भवती भएमा उसलाई १ हजार युआन जरीवाना तिराइनेछ । महिला कर्मचारीले कम्पनीले अनुमति नदिएसम्म गर्भधारण गर्न नसक्ने पनि जारी नियममा बताइएको छ । अनुमति प्राप्त गर्नका लागि भने उक्त कर्मचारी विवाहित हुनुपर्ने र कम्पनीमा कम्तीमा पनि १ वर्ष काम गरिसकेको हुनुपर्ने शर्त राखिएको छ । नियमअनुसार गर्भवती भएकै कारण बैङ्कको काम प्रभावित भएमा तिनको पदोन्नति रोकिने र वर्षको अन्त्यमा उपलब्ध गराइने बोनस पनि दिइने छैन । यस कम्पनीले महिला कर्मचारीका लागि प्रेगनेन्सी रोटा पनि निकालेको छ ।

यद्यपि, त्यहाँका सञ्चारमाध्यमहरुले भने यो मानवीय मूल्यको प्रतिकूल भएको भन्दै यो योजनाको घोर निन्दा गरिरहेका छन् । कम्पनीले तोकेर दिएको समयमा गर्भवती भइहाल्न सम्भव नहुने र कहिलेकाहीँ चाहेको समयमा गर्भ नरहनसक्ने भन्दै कर्मचारीले नै यस योजनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । तर, कम्पनीमा जागीर खाने महिलाको सङ्ख्या धेरै भएको र धेरै महिला एकैचोटि सुत्केरी भएर बिदा बसेको खण्डमा कार्य सञ्चालनमा बाधा पुग्ने देखेर कम्पनीले यस्तो कदम चाल्न लागेको बताइएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)