ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालयमा धेरै समय बिताउनु हानिकारक !

Jul 8, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयमा अबेरसम्म काम गर्नु वा बिरामी हुँदासमेत सकिनसकी काम गर्न कार्यालय आउनु कतिपयका लागि प्रतिष्ठाको विषय पनि हुनसक्छ । यसले कामप्रतिको इमानदारी र लगनशीलता झल्काउँछ । तर, धेरै समय कार्यालयको काममा बिताउने वा बिरामी हुँदासमेत कार्यालय आउनाले धेरै हानि गर्ने एक अध्ययनले देखाएको छ । यसलाई ‘हाजिरमुखी’ (प्रिजेण्टिजम) पनि भन्न सकिन्छ । ‘हाजिरमुखी नयाँ शब्द हो, यसलाई विस्तृत रुपमा व्याख्या गरिएको छैन’, लण्डनस्थित क्यास बिजनेश स्कूलका सङ्गठनात्मक व्यवहारका प्राध्यापक एण्ड्रे स्पाइसरले भने । 

‘विस्तारमा भन्नुपर्दा यसको अर्थ कार्यालयमा आवश्यकताभन्दा बढी समय बस्ने तर दिमाग भने शून्यबराबर रहने स्थिति हो,’ अझ उनले अगाडि थपे । कुनै समय कार्यालयमा चाहिनेभन्दा बढी समय बिताउनु गौरवको कुरा मानिन्थ्यो । सन् २०१३ मा बीमा कम्पनी क्यानाडा लाइफ इन्स्योरेन्सले गरेको एक सर्वेक्षणअनुसार ९३ प्रतिशत बेलायती कर्मचारीहरुले आफू बिरामी हुँदासमेत काम गरेको अभिव्यक्ति दिएका थिए । हाजिरमुखी प्रवृत्तिको प्रभावमा भिन्नता पाइने स्पाइसरको भनाइ छ । 

‘पहिलो यो सङ्क्रामक हुनसक्छ, लामो समय कार्यालयमा बस्नु एउटा संस्कृतिजस्तै बन्दछ, फलतः मानिसहरु कार्यालयमा बढी समय बस्न थाल्छन् र उनीहरुले आफ्नो जीवनको अन्य कामलाई चाहिँ बेवास्ता गर्न थाल्दछन्,’ स्पाइसरले भने । तर, केहीले भने अतिरिक्त समय काम गर्नु सधैं फाइदाजनक नै हुन्छ भनेर पनि सोच्ने भए पनि यो तर्कसङ्गत नभएको बताइएको छ । सबै यूरोपेली राष्ट्रमध्ये बेलायत सबैभन्दा कम उत्पादनशील राष्ट्र हो तर यहाँ काममा बढी समय बिताइने गरिनु सबैभन्दा राम्रो उदाहरण हुनसक्छ । 

यो उदाहरणले काममा बिताउने समय र उत्पादकत्वबीच त्यति धेरै सम्बन्ध नहुने यथार्थ उजागर गरेको छ । सन् २०१३ मा फ्रान्सको प्रतिघण्टा कामको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बेलायतको तुलनामा २८ प्रतिशतले बढी थियो । क्यानाडा लाइफ इन्स्योरेन्सको सर्वेक्षणअनुसार २० प्रतिशत उत्तरदाताले छुट्टी बस्दा हुने आर्थिक प्रभावको चिन्ताका कारण बिरामी हुँदासमेत कार्यालय आउने गरेको अभिव्यक्ति दिएका थिए । उता, १३ प्रतिशतले भने रोजगारविहीन भइने डरका कारण बिदा बस्न नचाहेको बताएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)