ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निबन्ध लेख्नुहोस्, साढे ३ लाख डलरको बाख्रा फर्म पुरस्कार पाउनुहोस् !

Aug 5, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

निबन्ध लेख्नेले नगद वा अन्य कुनै लेखपढसँग सम्बन्धित पुरस्कार पाउला भन्ने जो कोहीको पनि सोच हुनसक्छ । तर, एक दम्पतीले भने निबन्ध लेखनमा जित्नेलाई एउटा बाख्रा फर्म पुरस्कारका रुपमा दिइने घोषणा गरेका छन् । अमेरिकाको अलाबामामा रहेका दम्पती लेस्ली र पाउल स्पेलले यस्तो निबन्ध प्रतियोगिता आयोजना गरेका हुन्, जसमा जित्नेले साढे ३ लाख डलर मूल्यबराबरको ‘हम्बल हर्ट फर्म’ नामक बाख्रा फर्म पुरस्कार पाउने छ । यतिमात्र नभई विजेताले बाख्रा फर्म केही समयका लागि राम्रोसँग सञ्चालन गर्न थप २० हजार डलर प्राप्त गर्ने बताइएको छ । निबन्ध बाख्राकै बारेमा हुनुपर्छ र जसले सबैभन्दा राम्रो निबन्ध लेख्छ, विजेता उही हुनेछ ।

बाख्रा फर्म मालिकहरुले दूध खाँदाखाँदा वाक्क भएर यस्तो गर्न लागेका होइनन् । वास्तवमा ती दम्पती आफ्नो बाख्रा फर्म विक्री गर्न चाहन्थे तर त्यसमा तोकिएको मूल्य सुनेर सम्भावित खरीदकर्ताहरु डराउने वा भाग्ने गरेका थिए । त्यसैले एउटा खरीदकर्तासँग त्यत्रो ठूलो परिमाणको रकमको माग गर्नुको साटो उनीहरुले निबन्ध लेखन प्रतियोगिता आयोजना गरेर त्ससको प्रवेश शुल्कबापत २ हजार ५ सय मानिससँग प्रतिव्यक्ति १ सय ५० डलर उठाउने योजना बनाए । यस प्रक्रियामा जाँदा उनीहरुले अतिरिक्त २५ हजार डलरसमेत आम्दानी गर्ने भए । निबन्धको शीर्षक ‘यो बाख्राको दूधको चीज बनाउने परम्परा अघि बढाउन म कसरी फिट छु’ राखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)