ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वार्षिक ७० हजार डलर न्यूनतम तलब बचाउ गर्दै सीईओ !

Aug 12, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सामान्यतया धेरैजसो हाकीमहरु थोरै तलबमा कर्मचारीहरुबाट धेरै काम लिन चाहन्छन् । हामीमध्ये धेरैले यस्तो स्थिति देखेको, भोगेको र सुनेका छौं । तर अमेरिकाको एक क्रेडिट कार्ड प्रोशेसिङ प्रमुख कार्यकारी अधिकारी (सीईओ)ले भने सबैभन्दा कनिष्ठ कर्मचारीलाई समेत ७० हजार डलर तलब दिने आफ्नो योजनाको बचाउ गरेका छन् । ग्य्राभिटी पेमेण्टका सीईओ ड्यान प्राइसले ४ महीनाअघि नै सो योजना सार्वजनिक गरेका थिए । उनको यो योजनाको धेरैले स्वागत गरेका थिए । तर दुई जना कर्मचारीले रिसाएर कम्पनी छोडेका छन् भने थुप्रै ग्राहकले कम्पनीसँगको सम्बन्ध तोडेको बताइएको छ ।

प्राइसको यो योजना समाजवादका लागि ठूलो धक्का भएको भन्दै राजनीतिक विरोधीहरुले पनि उनको आलोचना गरेका छन् । यद्यपि, उनले आफूले सही काम गरेको बताएका छन् । ‘यसको बाटो निकै उबड खाबड थियो, चुनौती पनि ठूलो थियो, तर हाम्रो सङ्कल्प... मैले कल्पना गरेकोभन्दा ठूलो छ, अनि हामीले यो चुनौती लिएकोमा म रोमाञ्चित छु,’ प्राइसले सीएनएनसँग भने । उनले एक अध्ययन प्रतिवेदनमा धेरै तलबले कर्मचारी खुसी हुने पढेपछि कर्मचारीको तलब बढाउने निर्णय गरेका थिए । वार्षिक ७५ हजार डलरसम्मको आम्दानीले व्यक्तिको भावनात्मक सुरक्षामा उल्लेख्य फरक पार्ने सो अध्ययनको निष्कर्ष थियो । 

तलब वृद्धिको योजनाअन्तर्गत ग्य्राभिटी पेमेण्टका १ सय २० जनामध्ये ७० जना कर्मचारीको तलब आगामी ३ वर्षभित्र बढाएर ७० हजार डलर पुर्‍याइनेछ । यसका लागि त्यसमध्ये ३० जनाको तलब डबल पार्नुपर्नेछ । अन्य कर्मचारीको तलब बढाउनका लागि प्राइसले आफ्नो तलब झण्डै १० लाख डलर घटाएर ७० हजार डलरमा ल्याएका थिए । ‘यदि हामीले सबैलाई एउटा सामान्य जीवनयापनका लागि पर्याप्त तलब दिन सक्यौं भने तलबको स्तर तोक्ने नैतिक आवश्यकता सृजना हुनेछ,’ उनले भनेका छन् । प्राइसको यो योजनाले कम्पनीलाई उचित तलब र असमान आयसम्बन्धी राष्ट्रिय विवादको घेरामा समेत ल्याएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)