ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थाई प्रहरी सङ्गठनलाई अर्थशास्त्रको ‘इग्नोबल’ पुरस्कार

Sep 28, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कुनै समय यस्तो थियो, जतिबेला अन्तरराष्ट्रिय समुदायले थाइल्याण्डको प्रहरी बलको आलोचना गर्दै यसको सुधारका लागि आह्वानसमेत गर्ने गरेको थियो । तर, अमेरिकी सङ्गठनले सृजनशील आर्थिक काम गरेको भन्दै त्यहाँको प्रहरी बललाई व्यङ्ग्यात्मक अन्तरराष्ट्रिय पुरस्कार दिएपछि भने सो धारणामा परिवर्तन आएको छ । बैङ्ककको महानगरीय प्रहरी प्रभागले त्यहाँका प्रहरी अधिकारीहरुले आफू लाई दिन खोजेको घूस लिन नमानेकोमा २५औं वार्षिक इग्नोबल पुरस्कार समारोहमा अर्थशास्त्रको व्यङ्ग्यात्मक पुरस्कार दिइएको इग्नोबेलका आयोजकहरुले यसको वेबसाइटमा बताएका छन् ।

सन् २०१४ को अक्टोबरको शुरुमा ट्राफिक पुलिसहरुमा मौलाएको घूसखोरी नियन्त्रण गर्नका लागि महानगरीय प्रहरी प्रभागले घूस लिन नमान्ने प्रहरीलाई १० हजार भाटसम्म नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर, यो नीति २ हप्तासम्म मात्र चलेको थियो । त्यसपछि भने यसलाई रद्द गरिएको थियो । त्यतिबेला दुई जना प्रहरीले घूस लिन नमानेकोमा १० हजार भाट इनाम पाएका थिए । यो पुरस्कार वैज्ञानिक हास्य पत्रिका ‘एनल्स अफ इम्प्रोबेबल रिसर्च’ले आयोजना गर्ने गरेको छ ।

यसको उद्देश्य मानिसलाई हँसाउने र सोच्न बाध्य बनाउने खालको वैज्ञानिक उपलब्धिहरुको सम्मान गर्नु भएको बताइएको छ । म्यासाच्युसेट्सस्थित हार्वर्ड युनिभर्सिटीको अडिटोरियम हलमा आयोजित कार्यक्रममा सो पुरस्कार ग्रहण गर्नका लागि महानगरीय प्रहरी प्रभागले कुनै पनि प्रतिनिधि पठाएको थिएन । यो हालैका वर्षहरुमा थाइल्याण्डले पाएको दोस्रो इग्नोबेल पुरस्कार हो । यसअघि सन् २०१३ मा पनि थाइल्याण्डले यस्तै पुरस्कार पाएको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)