ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाईको कृत्रिम गर्भाधानमा नयाँ प्रविधि !

Dec 1, 2015  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

दूध उत्पादन बढाउन भारतको दूधजन्य वस्तु निर्माता कम्पनी अमूलले नयाँ तरीका अपनाएको छ । अमूलले उत्पादन वृद्धि गर्नका लागि गाईको सङ्ख्या बढाउन गाई किन्नुको सट्टा वैज्ञानिक उपाय अपनाएको हो । गाईले जन्माउने बच्चा बाच्छी नै होस् भन्ने सुनिश्चित गर्न कम्पनीले गाईको कृत्रिम गर्भाधानमा नयाँ प्रविधि रोजेको छ । यो प्रविधि विकास गर्न ४३ एकडको जमीनमा ‘आर्टिफिशियल इनसेमिनेशन सेण्टर’ खोलेको छ, जहाँ ‘सेक्ष्ड सीमन’ प्रविधि विकसित गर्न काम गरिनेछ । यो प्रविधि ‘प्mलो सायटोमेट्री’मा आधारित छ । यो वैज्ञानिक प्रक्रियामार्फत गाईको बच्चाको लिङ्ग अनुपात नियन्त्रण गर्न सकिनेछ ।

यसका लागि प्रयोगशालामा नै बाच्छी जन्माउने स्पर्म (एक्सएक्स) बाच्छा जन्माउने स्पर्म (एक्सवाई)भन्दा बढी छ कि छैन, तय गरिन्छ । यो कामका लागि लेजर बिम प्रविधि प्रयोग गरिनेछ । यो योजनामा कम्पनीले ३० प्रतिशत काम गरिसकेको र यस प्रयोजनका लागि २ हजार गाई प्रयोग गरिएको बताइएको छ । गोरूको उपयोगिता गाईको तुलनामा कम भएको र गाईको दूधको बढ्दो मागलाई दृष्टिगत गर्दै कम्पनीले यस्तो कदम उठाएको हो । यो प्रयोग सफल भएमा दूध उत्पादनका साथै वैज्ञानिक दृष्टिले पनि ठूलो सफलता मिल्ने विश्लेषण गरिएको छ । यो प्रविधि अहिलेसम्म अमेरिका र क्यानाडामा मात्र उपलब्ध छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)