ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४० वर्षभन्दा माथिकाले हप्तामा ३ दिन काम गर्नु उत्तम

Apr 20, 2016  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

४० वर्षभन्दा बढी उमेरका कामदारले हप्ताको ३ दिनमात्र काम गर्दा त्यसको नतीजा राम्रो आउने एक सर्वेक्षणले देखाएको छ । युनिभर्सिटी अफ मेलबर्नस्थित मेलबर्न इन्ष्टिच्युट अफ एप्लाइड इकोनोमिक्स एण्ड सोसल रिसर्चले गरेको ‘हाउसहोल्ड, इनकम र लेबर डाइनामिक्स’ सर्वेक्षणका क्रममा प्राप्त भएको तथ्याङ्कको विश्लेषणपछि यस्तो निष्कर्ष आएको हो । सर्वेक्षणमा अष्ट्रेलियाका ४० वर्षभन्दा माथिका ३ हजार पुरूष र ३ हजार ५ सय महिलाको बानी र मस्तिष्कको परीक्षण गरेका थिए । आर्थिक अनुसन्धाताहरुले यस क्रममा प्राप्त तथ्याङ्कको विश्लेषण गरेका थिए । विश्लेषणले पार्टटाइम रोजगारीमा कामदारलाई धेरै थकान र तनाव नहुने तथा यसले दिमागलाई बढी सक्रिय राख्ने देखाएको छ । विश्वका धेरै देशले कामबाट अवकाश लिने समय बढाइरहेकाले यस कुरालाई ध्यानमा राख्नुपर्ने अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् । सर्र्वेक्षणले सहभागीहरुका आर्थिक र व्यक्तिगत स्वास्थ्य, पारिवारिक संरचना र रोजगारीजस्ता तङ्खवहरुलाई नियालेको थियो । यस क्रममा सहभागीहरुलाई ठूलो स्वरमा शब्दहरुको उच्चारण गर्न, उल्टोबाट गिन्ती गर्न र निश्चित समयावधिमा शब्द र अक्षरहरुलाई मिलाउने जस्ता काम दिइएको थियो । यस क्रममा हप्ताको २५ घण्टा मात्र काम गर्ने सहभागीहरुबाट राम्रो नतीजा प्राप्त भएको थियो । ‘काम दुईधारे तरबार जस्तै हो, यसले दिमागलाई सक्रिय राख्न सक्छ तर धेरै लामो समयसम्म गरिने काम र निश्चित प्रकारका कार्यहरुले थकान र तनाव गराउन सक्छ, जसले संज्ञानात्मक क्रियामा क्षति पु¥याउने सम्भावना हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

‘कुनै पनि कामै नगर्र्दा दिमागको कार्यमा पुग्ने क्षतिभन्दा निकै लामो समयसम्म काम गर्दा हुने क्षति बढी हानिकारक हुन्छ,’ सर्वेक्षणमा संलग्न कीईओ युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक कोलिन म्याककेन्जीले भने । कामै नगर्नेभन्दा हप्तामा ६० घण्टा काम गर्ने कर्मचारीको संज्ञानात्मक क्षमता न्यून हुने तथ्याङ्कले देखाएको छ । यो सर्वेक्षणमा ४० वर्षभन्दा माथिका कर्मचारीलाई मात्र संलग्न गराइएकाले अन्य उमेरसमूहका कर्मचारीमा पनि यस्तै हुन्छ भनेर ठोकुवाचाहिँ गर्न नसकिने लेनक्याष्टर युनिभर्सिटी म्यानेजमेण्ट स्कूलका अर्थशास्त्रका प्राध्यापक गेरेण्ट जोहन्स भन्छन् । तर, हप्तामा २५ घण्टा मात्र काम गर्दा संज्ञानात्मक क्षमता उच्चतम बिन्दुमा पुग्ने उनको दाबी छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)