ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुराना फोन र खराब ग्याजेट्सबाट एक टन सुन

Apr 22, 2016  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामी पुराना र बिग्रिएका फोन तथा ग्याजेट्सहरु काम नलाग्ने भनेर कबाडीलाई दिन्छौं । कतिपयले यसलाई थन्काएर राख्ने वा फ्याँक्ने पनि गर्दछन् । तर, अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी ‘एप्पल इङ्क’का लागि पुराना आईफोन र खराब ग्याजेट्स खजाना नै भएको छ । कम्पनीले हालै जारी गरेको एक प्रतिवेदनअनुसार कम्पनीले सन् २०१५ मा मात्र पुराना आईफोन, म्याकबूक र आईप्याडबाट करीब १ टन सुन निकालेको छ ।

पहेँलो धातुबाहेक पनि कम्पनीले यी डिभाइसहरुबाट अन्य धातुहरु पनि निकालेको छ । कम्पनीले आईफोन एसई लञ्चको समयमा एक भिडियो सार्वजनिक गरेको थियो । सो भिडियोमा लियम नामक एक रोबोटले पुराना र खराब आईफोनका सबै पार्ट्सहरु छुट्ट्याइरहेको देखाइएको थियो । रोबोटले पुराना ग्याजेट्सबाट काम लाग्ने धातुहरुलाई एक ठाउँमा जम्मा गर्दथ्र्यो । एप्पलले यस्ता काम नलाग्ने डिभाइसबाट गतवर्ष ३ हजार किलो सुन र २ हजार किलो लेड पनि निकालेको बताइएको छ । यसबाहेक पनि यस्ता उपकरणबाट उच्च परिमाणमा तामा र एल्युमिनियम पनि निकालिएको छ ।

कम्पनीले लियम रोबट यसै कामका लागि विकास गरेको हो । यसले वर्षमा १२ लाख थान फोन खोलेर यसका हाई क्वालिटीको पार्ट्स अलग्याउन सक्दछ । यो काम खनिज उत्खननभन्दा कम नभएको कम्पनीले बताएको छ । एजेन्सी

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)