एक जना फ्रान्सेली पूर्वकर्मचारीले आफूलाई ‘बोरिङ जब’मा लगाएको भन्दै आफ्ना रोजगारदातामाथि मुद्दा हालेका छन् । ४४ वर्षीय फ्रेडरिक डेस्नार्डले रोजगारी न्यायाधीकरणमा पफ्र्युम निर्माता कम्पनी इण्टरपफ्र्यूममाथि मुद्दा हालेका हुन् । कम्पनीमा व्यवस्थापकका रुपमा आफ्नो काम धेरै नै दिक्कलाग्दो भएको र यसले गर्दा नै आफू डिप्रेशनमा समेत गएको डेस्नार्डले बताएका छन् । त्यहाँ काम गर्नु नर्कमा पुगेको जस्तै भएको र त्यहाँको काम डरलाग्दो सपनाबराबर रहेको उनको आरोप छ । उनले कम्पनीसँग ४ लाख १५ हजार अमेरिकी डलर क्षतिपूर्ति माग्दै सो मुद्दा दायर गरेका हुन् ।
डेस्नार्डले क्षतिपूर्ति र आफ्नो बाँकी बचेको बिदाको पैसासमेत गरेर सो रकम कम्पनीबाट दिलाइदिन अदालतसमक्ष निवेदन गरेका छन् । कम्पनीले महङ्खवपूर्ण सम्झौता गुमाएपछि आफूलाई जानी जानी पाखा लगाएको, कुनियतवश कुनै काम नदिएको र आफूलाई बेवास्ता गरेको डेस्नार्डको भनाइ उद्धृत गर्दै फ्रान्सेली पत्रिका ले प्वाइण्टले छापेको छ । यही कारण आफूलाई छारे रोग र अल्सरजस्ता स्वास्थ्य समस्यासमेत भएको उनले बताएका छन् । आफू बिरामी बिदामा बसेको मौकामा विनाकुनै क्षतिपूर्ति कामबाट निकालिएको उनको भनाइ छ । कम्पनीले सन् २०१० देखि सन् २०१४ सम्मको अवधिमा आफूलाई कुनै काम नै नदिएको डेस्नार्डले बताएका छन् ।
उता, कम्पनीले भने डेस्नार्डले कम्पनीविरुद्धको मानहानिको मुद्दा हारेको भन्दै उनको दाबीको खण्डन गरेको छ । सो मुद्दाका न्यायाधीशले डेस्नार्डले कम्पनीविरुद्ध व्यक्तिगत वैरभाव राखेको भन्दै कम्पनीको हितमा फैसला गरेको इण्टरपफ्र्युमले बताएको छ । फ्रान्समा कुनै पनि कर्मचारीलाई ‘नैतिक’ अत्याचार गर्ने कम्पनी तथा रोजगारदातामाथि मुद्दा हाल्न सक्ने व्यवस्था छ । उनको मुद्दामाथि बहस चलिरहेको र यसबारे छिट्टै फैसला गरिने बताइएको छ । यो मुद्दा हामीमध्ये केहीका लागि रोचक लाग्नसक्छ । तर, यस घटनाले आप्mना कर्मचारीहरुको समृद्धि र कार्यस्थलमा तिनीहरुको मानसिक स्वास्थ्य व्यवस्थापनको महङ्खवबारे कम्पनी तथा रोजगारदाताहरुलाई सचेत गराएको छ ।