ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब हावामै थ्रीडी चित्र !

May 16, 2016  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामीमध्ये कयौंले कापी अनि भित्तामा ब्रसको मद्दतले चित्र बनाएका छौं । कहिलेकाहीँ कम्प्युटरमा पनि पेण्टब्रसबाट चित्र कोरेका छौं । तर, कसैले हावामा थ्रीडी चित्र बनाउन सकिन्छ भनेर भन्दा तपाईं पत्याउनुहुन्छ ? पक्कै पनि पत्याउनुहुन्थ्यो होला । अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी ‘गूगल इङ्क’ले ‘टिल्ट ब्रस’ एप लञ्च गरेको छ । यो एउटा थ्रीडी पेण्टिङ गर्न सकिने भर्चुअल रियालिटी डिभाइस हो ।

तपार्इंले अब डिजिटल ब्रस र प्लेट्स प्रयोग गरी यो एपको मद्दतबाट हावामा थ्रीडी पेण्टिङ गरेर हरेक प्रकारका अब्जेक्ट र क्यारेक्टर बनाउन सक्नुहुन्छ । यो ब्रसलाई कम्पनीले पेण्टिङको नयाँ आयामको सङ्ज्ञा दिएको छ । यस टिल्ट ब्रसको माध्यमबाट एकदम असली देखिने घर, फर्निचर, रुख, नदीनालालगायत कुनै पनि वस्तु बनाउन र तिनीहरुको महसूस गर्न सकिन्छ । यति मात्र कहाँ हो र ? यो एपको मद्दतले कयौं अनौठो र रोमाञ्चक काम पनि गर्न सक्नुहुन्छ । उदाहरणका लागि तपाईंले हावामा चित्र बनाएर त्यसलाई छुन पनि सक्नुहुन्छ ।

यो एप प्रयोग गर्ने प्रयोगकर्ताहरुले भर्चुअल रियालिटीमा चित्र बनाउन सक्छन् । प्रयोगकर्ताहरुले चित्र बनाउने मात्र होइन, एउटा भीआर लेन्स र डिजिटल ब्रस (कन्सोल)को प्रयोग गरेर भर्चुअल क्यानभासमा पनि चित्र बनाउन सक्नेछन् । कन्सोल एच्टीसी भाइब हेडसेटमा जोडिएको हुन्छ । यसबाट ‘लाइफ–साइज’ थ्रीडी चित्र बनाउन सकिन्छ । यसले चित्रकारले पहिला कहिल्यै गर्न नसकेको कुराको अनुभव गर्न दिने गूगलले बताएको छ । कम्पनीले आगो, प्रकाशलगायतका चिज संलग्न भर्चुअल प्लेट्स तयार पारेको छ ।
एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)