ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुरूषको तुलनामा महिलाले बढी काम गर्छन् !

Oct 27, 2016  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पुरूषको तुलनामा महिलाले बढी काम गर्ने गरेको विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)को एक सर्वेक्षणले देखाएको छ । पुरूषको तुलनामा महिलाले वर्षमा ३९ दिन बढी काम गर्ने गरेको पाइएको छ । महिलाले पुरूषको तुलनामा दैनिक ५० मिनेट बढी समय काम गर्ने गरेको डब्ल्यूईएप्mले सार्वजनिक गरेको ग्लोबल जेण्डर ग्यापसम्बन्धी प्रतिवेदनमा पाइएको हो ।

महिलालाई तलब नपाउने कामको बोझ बढी हुने गरेको र महिला र पुरूषबीचको आर्थिक असमानता १ सय ७० वर्ष नजिक पुग्न सक्ने अनुमान गरिएको छ । पुरूष र महिलाको आर्थिक अवसरबीचको भिन्नता सन् २००८ को तुलनामा बढी रहेको डब्ल्यूईएफको प्रतिवेदनले सुझाएको छ । पुरूषले महिलाको तुलनामा तलब पाउने काम ३४ प्रतिशत बढी गर्ने गरेको भए पनि महिलाले घरायसी काम, बच्चाको हेरचाह र वृद्धहरुको स्याहारजस्ता तलब नपाउने काममा बढी समय बिताउने गरेको अध्ययनले देखाएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)