ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेदरल्याण्डमा कैदीको अभाव !

Nov 13, 2016  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बेलायत र विश्वका अन्य स्थानका जेलमा कैदीको सङ्ख्या वृद्धि भएको छ भने नेदरल्याण्डका जेलहरु चाहिँ खाली हुने अवस्थामा पुगेका छन् । नेदरल्याण्डमा जेलभित्र थुन्नका लागि कैदीको अभाव भइरहेको बीबीसीले समाचार दिएको छ । कैदीको अभाव भएकै कारण विगत केही वर्षभित्र त्यहाँका १९ ओटा जेल बन्द भइसकेका छन् भने अन्य केही आगामी वर्षभित्र बन्द हुने तयारीमा पुगेका छन् । यस्तो कसरी भयो भन्ने भन्दा पनि यस्तो किन भयो भन्ने चिन्ताले केही मानिसलाई सताएको छ ।

‘डच सेवामा हामी व्यक्तिका बारेमा सोच्छौं,’ नोगर्हाभेन जेलका डेपुटी गभर्नर जाँ रोइलोफ भान डेर स्पोइलले भने । ‘कसैको ड्रगसम्बन्धी समस्या भए हामी उनीहरुको कुलतको उपचार गर्छौंै, पैसाको समस्या भएमा ऋणसम्बन्धी परामर्श दिन्छौं र यस्तो गरेर हामी अपराध हुनुका कारणलाई हटाउने प्रयास गर्छौं,’ उनले अगाडि थपे । अपराधी आफैंले आफूमा परिवर्तन ल्याउने चाहना राख्नुपर्ने भए पनि आफ्नो यो उपाय प्रभावकारी भएको स्पोइलले बताएका छन् । विगत १० वर्षमा यो काममा लगातार सुधार आइरहेको बताइएको छ ।

एक दशक अगाडि नेदरल्याण्डमा कैदीको सङ्ख्या पूरै यूरोपभरि सबैभन्दा धेरै थियो । तर, अहिले त्यो सङ्ख्यामा निकै कमी आएको छ । इङ्ल्याण्ड र वेल्समा प्रति १० हजार जनसङ्ख्यामा १ सय ४८ जना कैदी रहेकोमा नेदरल्याण्डमा यो सङ्ख्या ५७ जना मात्र रहेको पाइएको छ । तर, पुनःस्थापनाका कारण मात्र त्यहाँको कैदीको सङ्ख्यामा कमी आएको भने होइन । डच जजहरुले सामुदायिक सेवा अर्डर, जरीवानाजस्ता विकल्पहरुको प्रयोग गर्ने हुँदा पनि जेलमा कैदीको सङ्ख्या घटेको हो । जेल बाहिर छोड्नै नमिल्ने अपराधीहरु राख्नका लागि प्रयोग हुने गरेको छ । विगत ८ वर्षमा त्यहाँको आपराधिक गतिविधिमा पनि २५ प्रतिशतको कमी आएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)