ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालयमा अभिभावक ल्याउन पाइने १

Nov 22, 2016  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयमा आफ्ना बालबच्चालाई ल्याउन पाइने कुरा त तपाईंले सुन्नुभएकै होला । तर, कार्यालयमा अभिभावक ल्याउनेबारे के सोच्नु भएको छ ? विश्वको सबैभन्दा ठूलो व्यावसायिक नेटवर्क लिङ्क्ड इन, सर्च इञ्जिन गूगल र जर्मन बहुराष्ट्रिय सफ्टवेयर कर्पोरेशन सयाप तथा ब्रिटिश एयरवेजका कम्पनीहरुले कार्यालयमा रहेको श्रमशक्ति अन्तरलाई भर्पाइ गर्नका लागि कर्मचारीले आफ्ना अभिभावक ल्याउन पाउने एक प्रयासको थालनी गर्ने भएको छ । अभिभावकहरु काम काममात्र हो भन्ने संस्कारबाट आएको र अहिलेको समयमा भने काम काममात्र नभई रमाइलो पनि हो भन्ने कुरा बुझ्न उनीहरुलाई केही समय लाग्ने बताइएको छ ।

त्यहाँ आएका कतिपय अभिभावकहरुले आफ्ना छोराछोरीले के गरिरहेका छन् भन्ने कुरा आफूले नबुझेको अभिव्यक्ति दिएको लिङ्क्ड इनले गरेको सर्वेक्षणमा पाइएको छ । यो उनीहरुले कहिल्यै पनि बिर्सन नसक्ने खालको अनुभव भएको कम्पनीले दाबी गरेको छ । आपसी सद्भाव र सम्बन्ध विस्तार गर्नका लागि यस्तो कदम चाल्न लागिएको हो । तर, यो यतिमात्र नभई दुईतर्फी संवादको विकास गर्न र आफ्ना कर्मचारीले अभिभावकसँग उनीहरुका अनुभवबाट केही सिकून् भन्ने आफ्नो चाहना रहेको लिङ्क्ड इनले बताएको छ । एजेन्सी

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)