चिया पेय पदार्थ हो । कतै कतै चिया ‘खाने’ पनि भन्ने गरिएको छ । तर, जुन शब्द प्रयोग गरिए पनि आखिरमा चिया पिइन्छ नै खाइने होइन । यसमा कुनै दुईमत छैन । तर, विश्वमा यस्तो ठाउँ पनि छ, जहाँ चिया पिउनेमात्र होइन, खाने पनि गरिन्छ । सुन्दा अनौठो लाग्ला तर यो सत्य कुरा हो । भर्खरै चियासम्बन्धी गरिएको एक अनुसन्धानात्मक प्रतिवेदन ‘ग्लोबल टी डाइजेष्ट २०१६ (जीटीडी)’ले भने म्यानमारमा चिया पिउने मात्र नभई खाने नैै गर्ने गरिएको तथ्य सार्वजनिक गरेको छ । जिज्ञासा लाग्यो होला, खाने कसरी ?
म्यानमारमा फरमेण्टेड र पिकल्ड चियालाई यसै पनि राष्ट्रिय गौरवका रुपमा लिइँदो रहेछ । यसलाई ‘टी लिफ सलाद’का रुपमा खाइने गरेको जीटीडीले बताएको छ । यसैगरी ‘चियासम्बन्धी केही जानकारीहरु अत्यन्तै रोचक र चाखलाग्दो रहेको छ भने कतिपय चियाको उत्पादन र पिउने तरीकासम्बन्धी धेरै कुरा कम मानिसलाई मात्र थाहा छ,’ जीटीडीका एक अध्ययनकर्ता राजेश गुप्ताले भने ।
यस्तै चीनमा चियालाई मतपत्रमा लगाइन्छ, जसले मौसममा आएको परिवर्तनबाट यसलाई सुरक्षित राख्ने विश्वास लिइन्छ । यस्तो चियालाई चाहिँ ‘बल टी’ भनिने गरिएको छ । चीनमै हरियो चियाबाट स–साना दाना बनाएर सुकाएर बनाइएको एक किसिमको चिया पाइन्छ, जसलार्ई ‘बारुद’को नाम दिइएको छ । दानालाई धूलो बनाएपछि दुरुस्तै बन्दुकको बारुदकै रङ हुने भएकाले यसो भनिएको रे ! यसैगरी ‘चुन्मी चिया’ नामक ‘ग्रीन टी’ मानिसको आँखीभौं जस्तै हुन्छ । एजेन्सी