ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फिचर फोनको मोह !

Jan 16, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पछिल्लो समय विशेषगरी युवा पुस्तामा स्मार्टफोनप्रति निकै क्रेज छ । मोबाइल बजारमा दिनहुँ नयाँ–नयाँ स्मार्टफोन लञ्च हुने क्रमसँगै स्मार्टफोनको क्रेज पनि बढ्न थालेको छ । हामीमध्ये कतिपयले त स्मार्टफोन किनेर फिचर फोन थन्काएका पनि छौं । तर, फिचर फोनप्रति मोह भएका जमात पनि अझै छन् । हाम्रै बुबाआमा र हजुरबा हजुरआमा पुस्ता अझै पनि फिचर फोन नै बढी चालउँछन् । स्मार्टफोनमा ब्याट्री धेरै समयसम्म नटिक्ने, बेलाबेलामा ह्याङ हुने र तात्ने जस्ता समस्या उच्च हुने भएकाले पनि कतिपय व्यक्तिले स्मार्ट र फिचर दुवै फोन चलाउने गरेका छन् ।

पछिल्लो समयमा फ्रण्ट क्यामरा, बढी मेमोरी, इन–बिल्ट जीपीएस्, स्थानीय भाषा, फेसबूक र ह्वाट्स एपलगायत फिचरले पनि फिचर फोनको ‘चार्म’ बढाएको छ । सन् २०१३ को पहिलो ३ महीनामा विश्वभरि १८ करोड ९० लाख थान फिचर फोन ढुवानी भएकोमा स्मार्टफोन भने २१ करोड ६० लाख थान ढुवानी भएको त्यसै वर्षको अप्रिलमा अनुसन्धाता संस्था आईडीसीले सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको थियो । अमेरिकामा सन् २०११ मा नै स्मार्टफोनको विक्रीले फिचर फोनलाई उछिनेपछि आगामी २ वर्षभित्रै विश्वभरि नै यस्तै प्रवृत्ति देखिने अपेक्षा गरिएको थियो ।

विश्वका केही क्षेत्रमा यस्तो स्थिति देखिइसकेको भए पनि भारत र नेपालजस्ता केही देशमा अहिले पनि हातेफोन बजारमा फिचर फोनको वर्चस्व छ । फिचर फोनको स्तरोन्नति र ५ हजारभन्दा कम मूल्यमा टिकाउ स्मार्टफोन नपाइने कारणले पनि स्मार्टफोन बजार अपेक्षा गरेअनुरुप बढ्न नसकेको काउण्टर प्वाइण्ट रिसर्चका अनुसन्धान विश्लेषक कर्न चौहानले भने । पछिल्लो समय स्मार्टफोनमा पाइने सबै नयाँ फिचर फोनमा पनि पाइन थालेकाले पनि यसप्रतिको आकर्षण उच्च रहेको साइबर मिडिया रिसर्चकी दूरसञ्चार विश्लेषक तन्वी शर्माले भनिन् । त्यस्तैगरी फिचर फोन चलाउन सजिलो हुने र दोस्रो फोनका रुपमा साथमा फिचर फोन राख्ने प्रवृत्तिले पनि फिचर फोन बजारलाई जीवित पारेको विश्लेषण गरिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)