ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ई–सिगरेट झन् हानिकारक !

Jan 24, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पछिल्लो समय विश्वमा ई–सिगरेटको विक्री निकै बढेको छ ।  चुरोटको लत छुटाउनसमेत मानिसहरुले ई–सिगरेट प्रयोग गर्ने प्रवृत्ति बढेकाले पनि यसको विक्री बढिरहेको हो । ई–सिगरेटको सेवन वास्तविक धूम्रपानको जतिकै हानिकारक नहुने भन्ने धारणाले पनि मानिसहरु यसप्रति आकर्षित भएका हुन् । विदेशमा मात्रै होइन, नेपालमा पनि यस्तो प्रवृत्ति व्याप्त छ । हालै गरिएको एक सर्वेक्षणले भने कहिल्यै सुर्तीजन्य पदार्थ सेवन नै नगर्ने युवा वर्ग ई–सिगरेटका कारण चुरोट खान आकर्षित भइरहेको देखाएको छ । ई–सिगरेट नभएको भए धेरै युवावर्गले हालसम्म पनि कुनै पनि निकोटिनयुक्त पदार्थको सेवन नै नगर्ने उक्त सर्वेक्षणले उल्लेख गरेको छ ।

ई–सिगरेटको सेवनले वास्तविक धूम्रपानलाई निरूत्साहित गर्ने विश्वास गरिँदै आएको छ । तर, उक्त प्रतिवेदनले ई–सिगरेटले त  झन् वास्तविक धूम्रपानलाई प्रोत्साहन गरिरहेको उल्लेख गरको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक स्टाण्टन ए ग्लाण्ट्जले ई–सिगरेटले युवालाई निकोटिनयुक्त पदार्थको सेवनमा आकर्षित गरिरहेको र यसको कारणले सुर्तीजन्य पदार्थको बजारसमेत विस्तार भइरहेको बताएका छन् । यसअघिका धेरै अध्ययनहरुले पनि पहिले ई–सिगरेटको सेवन गरिरहेका युवावर्ग विस्तारै परम्परागत धूम्रपान गर्न थालेको प्रतिवेदन सार्वजनिक गरेका थिए । ई–सिगरेटको कुनै पनि असर हुँदैन, बरू यो त वास्तविक धूम्रपान हटाउनकै लागि भए पनि सेवन गर्ने हो भन्ने पनि हामीभित्र ठूलै सङ्ख्या छ ।

उक्त अध्ययनका अनुसन्धाताहरुले ई–सिगरेटको सेवनले युवामा वास्तविक धूम्रपान घटेको कुनै तथ्य फेला नपारिएको बताएका छन् । सन् २०१४ मा ई–सिगरेट र वास्तविक चुरोट दुवै सेवनकर्ताको सङ्ख्या सन् २००९ मा चुरोट सेवनकर्ताको कुल सङ्ख्याभन्दा बढी भएको सो अध्ययनमा उल्लेख छ । पछिल्लो समयमा चुरोट सेवन गर्ने युवाको सङ्ख्या केही घटेको भए पनि ई–सिगरेटका कारणले नभएको अमेरिकी गैरनाफामूलक अनुसन्धान संस्था आरटीआईकी वैज्ञानिक लरेन दत्राले उल्लेख गरेकी छन् । अमेरिकाका १ लाख ४० हजारभन्दा बढी माध्यमिक तहका विद्यार्थीबीच गरिएको सर्वेक्षणले यो कुरा पत्ता लागेको हो । सन् २००४ देखि सन् २०१४ सम्म गरिएको यो सर्वेक्षण अमेरिकी रोग नियन्त्रक संस्था सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्सनले गरेको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)