ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिदाका दिनमा काम गर्नेमा महिला अगाडि !

Jan 25, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयको कामबाट छुट्टी लिने इच्छा सबैलाई हुन्छ । हामी सबै आफ्नो बिदा कहिले आउँछ भनेर प्रतीक्षा गरिरहेका हुन्छौं र बिदाको दिनमा काम गर्न कसैलाई पनि त्यति रुचि हुँदैन । तर, बिदाको दिनमा पनि काम गर्ने कुरामा भने महिला अगाडि रहेको एक अध्ययनले देखाएको छ । भारतीय सञ्चारमाध्यम न्यू टाइम्सले सार्वजनिक गरेको ‘दि जेण्डर डिभाइड एट वर्क’ शीर्षकको अध्ययन प्रतिविदेनअनुसार भारतीय सञ्चारमाध्यमहरूमा कार्यरत महिला कर्मचारीहरू बिदाको दिनमा समेत खुशी भई काम गर्न तयार हुने गरेका छन् । पुरुष कर्मचारीहरू भने बरु साधारण दिनमा लामो समयसम्म कार्यालयको काम गर्न तयार हुने तर बिदाको दिनमा काम गर्न त्यति मन नपराउने गरेको उक्त अध्ययनले देखाएको छ ।

लैङ्गिक भिन्नताले काम गर्ने शैली र तरीकामा समेत फरक पर्ने अध्ययनमा भनिएको छ । अध्ययनअनुसार करीब ४० प्रतिशत कर्मचारी (महिला तथा पुरुष दुवै)ले नियमित दिनमा १० देखि १२ घण्टासम्म काम गर्ने गरेका छन् । यसमा ७० प्रतिशत पुरुष कर्मचारीले अतिरिक्त समय (ओभरटाइम)मा पनि काम गर्ने गरेका छन् भने ओभरटाइम गर्ने महिलाको सङ्ख्या ४० प्रतिशत मात्र रहेको छ । । ओभरटाइम काम गर्ने ७० प्रतिशत पुरुषमध्ये ५० प्रतिशतले दैनिक रूपमा अतिरिक्त समयमा काम गर्ने गर्छन् भने ३० प्रतिशतले बिदाको दिनमा पनि काम गर्ने गर्छन् र २० प्रतिशत पुरुषले मात्र हप्तामा २ पटक अतिरिक्त समयमा काम गर्ने गरेका छन् । त्यस्तै ओभरटाइम काम गर्ने ४० प्रतिशत महिलामध्ये ५५ प्रतिशतले हप्तामा २ पटक अतिरिक्त समयमा काम गर्छन् भने ३५ प्रतिशतले १ दिन बिराएर यस्तो ओभरटाइम गर्छन् भने १० प्रतिशतले दैनिक ओभरटाइम काम गर्ने गरेको अध्ययनमा पाइएको छ ।  हाम्रो समाजमा अझै पनि पुरुषले धेरै काम गर्न सक्ने तर महिलालाई कमजोर रूपमा प्रस्तुत गर्ने चलन व्याप्त छ । तर, यो अध्ययनले यो मानसिकता भ्रम मात्र रहेकोमा जोड दिएको छ । महिलाले कार्यालयमा धेरै समय बिताउन नसके पनि तिनको सृजनात्मकता र प्रतिफल भने समान नै रहेको उल्लेख गरिएको छ । रासस/पीटीआई

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)