ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नक्कली ब्वाइफ्रेण्ड/गर्लफ्रेण्डको बिगबिगी !

Jan 30, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अहिले संसारमा पैसा तिरेर किन्न नसकिने वस्तु विरलै छन् । पैसा छ भने खुशीसमेत किन्न सकिन्छ भन्ने धारणा अहिले हाम्रो समाजमा व्याप्त छ । पैसा तिरेपछि महँगा लत्ताकपडा, खानेकुरा, सेवा–सुविधा जे पनि किन्न सकिन्छ । पैसा तिरेर ब्वाइफ्रेण्ड/गर्लफ्रेण्ड पनि किन्न सकिन्छ भन्ने सुन्दा हामीमध्ये धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो साँचो हो । पछिल्लो समय चीनमा यस्ता भाडाका ब्वाइफ्रेण्ड/गर्लफ्रेण्डको माग निकै बढेको छ । आखिर किन त यस्तो ? तपाईंले यसबारेमा धेरै कुरा सोच्नुभयो होला । तर, त्यहाँको वास्तविकता तपाईंले सोचेभन्दा फरक हुन पनि सक्छ ।

अहिले चिनियाँहरुले नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्षको सार्वजनिक बिदा निकै लामो हुने गर्दछ । देशभित्रै अन्य स्थानमा भएका वा बाहिर गएका चिनियाँहरु यतिबेला घर फर्कने गर्छन । घरपरिवारका अगाडि आफू सम्बन्धमा छु भन्ने देखाउन र विवाहको अनावश्यक दबाब टार्न भाडामा नक्कली गर्लफ्रेण्ड/ब्वाइफ्रेण्ड बनाउने प्रवृत्ति चिनियाँ युवायुवतीमा बढेको छ । चीनमा सन्तान उत्पादनलाई निकै महत्त्वका साथ हेरिन्छ । विवाह र सन्तान उत्पादनको दबाब टार्न ढिला विवाह गर्न चाहने युवायुवतीले भाडामा ब्वाइफ्रेण्ड÷गर्लफ्रेण्डका धेरै खोजी गर्ने गरेका रहेछन् । ५ सयदेखि २ हजार युआनसम्म, त्यो पनि एक रातका लागिमात्र तिरेर यस्ता भाडाका ब्वाइफ्रेण्ड/गर्लफ्रेण्ड बनाउन पाइने रहेछ ।

यसबाट ती युवायुवतीलाई दबाब त कम पर्ने नै भयो र तिनका अभिभावक पनि खुशी हुने भए । यस प्रवृत्तिले चीनमा नयाँ व्यवसाय पनि मौलाएको छ । त्यो हो– नक्कली ब्वाइफ्रेण्ड÷गर्लफ्रेण्ड मिलाइदिने कम्पनी । यस काममा कयौं कम्पनी र वेबसाइटहरु नै सक्रिय छन् । यिनीहरुले ब्वाइफ्रेण्ड/गर्लफ्रेण्ड भाडामा लिने र भाडाका ब्वाइफ्रेण्ड÷गर्लफ्रेण्ड बन्न चाहनेहरुलाई भेटाइदिने च्याट रुमका रुपमा काम गर्ने गरेका छन् । पछिल्लो पाइतुलगायतका सामाजिक सञ्जालमा खुलेरै ब्वाइफ्रेण्ड/गर्लफ्रेण्ड बन्छु र बनाउँछु भन्ने प्रस्तावहरु आउन थालेका छन् । केही समयअघि मात्रै एक २७ वर्षीय चिनियाँ युवाले आफ्नो पाइतु एकाउण्टमा एक युवतीलाई एक रातका लागि गर्लफ्रेण्ड बनेर आफ्नो परिवारका सदस्यसँग खाना खान ६ हजार युआनसम्म दिने अफर गरेका थिए । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)